प्रदेश नम्बर दुईमा आजदेखि आचारसंहिता लागु

प्रदेश नम्बर दुईमा आजदेखि आचारसंहिता लागु

  • बिहिबार, भदौ १, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौ १ भदौ ।
आगामी असोज दुई गते प्रदेश नम्बर २ मा हुने स्थानीय तह निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागु भएको छ । प्रदेश नम्बर २ का ८ जिल्लामा आजदेखि आचारसंहिता लागु हुने आयोगले जनाएको छ ।

स्वच्छ, निष्पक्ष, पारदर्शी तथा भयमुक्त रुपमा निर्वाचन सम्पन्न गर्न निर्वाचन ऐन २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गर्दै निर्वाचन आचारसंहिता २०७२ र स्थानीय तह निर्वाचन आचार संहिता २०७३ अनुसार निर्वाचन आचारसंहिता लागु गरेको आयोगले बताएको छ ।

आयोगका अनुसार मन्त्री, स्थानीय तह, सुरक्षा निकाय, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी, सार्वजनिक संस्थानका कर्मचारी, निर्वाचनको काममा संलग्न कर्मचारी, राजनीतिक दल तथा भातृ संगठन, सन्चार माध्यम र सार्वजनिक पद धारण गरेका व्यक्तिलाई आचारसंहिता लागु हुनेछ ।

सम्बन्धित व्यक्ति वा निकायले निर्वाचनलाई असर पर्ने खालका गतिविधि गरे कारबाही हुनेछ । उम्मेदवारलाई भने मनोनयन दर्ता भएको दिन भदौ २१ गतेदेखि आचार संहिता लागु हुने आयोगले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ