राप्रपा केन्द्रीय समिति बैठक हेटौँडामा

राप्रपा केन्द्रीय समिति बैठक हेटौँडामा

  • बिहिबार, भदौ १, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौँ, १ भदौ ।
पार्टी विभाजनको ११ दिनपछि राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको आज हेटौडामा बस्दैछ । बैठकमा पार्टी विभाजनपछिको अवस्था तथा भावी रणनितिका विषयमा छलफल हुने जनाइएको छ ।

पार्टी विभाजन तथा सरकारलाई दिएको समर्थन फिर्तापछि भावी राजनीतिक कार्यक्रमका लागि आवश्यक रणनीति तयार गर्न केन्द्रिय कार्यसमिति बैठक बोलाईएको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो ।

यस्तै बैठकले पार्टीका रिक्त पदाधिकारी मनोनयनका विषयमा छलफल गरी उपयुक्त नेतालाई जिम्मेवारी दिने तयारी भएको नेताहरुले बताएका छन् ।

वैचारिक रुपमा निकट रहेका विभिन्न राष्ट्रवादी शक्तिसँगको एकता तथा प्रादेशिक र केन्द्रीय चुनावमा पार्टीले सफलता प्राप्त गर्न खेल्नुपर्ने भूमिकाबारे बैठकमा योजना बनाइने छ ।

प्राकृतिक विपद्मा मानवीय सहयोग तथा उद्वारका लागि पार्टीको भूमिकाको सम्भावना, देशमा विकास भएको समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, तेस्रो चरणको स्थानीय निर्वाचनको मूल्यांकनसमेत बैठकमा गरिने छ ।

पार्टीमा कुल १६३ केन्द्रीय सदस्यको व्यवस्था गरिएकामा यही साउन २२ गते पशुपतिशम्शेर जबरा समूहले ४० प्रतिशतभन्दा बढी नेतासहितको हस्ताक्षर लिएर निर्वाचन आयोगमा दल दर्ता गराएको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ