मैत्रीपूर्ण खेलमामा नेपालको पहिलो जित

मैत्रीपूर्ण खेलमामा नेपालको पहिलो जित

  • बिहिबार, भदौ १, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौँ, ३२ साउन । एएफसी एसिया कपको तयारीका लागि जापान पुगेको नेपाली राष्ट्रिय फुटबल टोलीले क्वानसेइ गाक्वुइन विश्वविद्यालयलाई पराजित गर्दै विजयी भएको छ ।
जापानमा आज भएको मैत्रीपूर्ण खेलमा नेपालले विश्वविद्यालयलाई २१ गोलअन्तरले पराजित गर्दै पहिलो जित दर्ता गराएको हो । यसअघि आइतबार भएको पहिलो मैत्रिपूर्ण खेलमा नेपाली टोलीले जापानको गाम्बा ओसाका तेइस वर्षमुनि (यु२३ ) टोलीसँग ११ गोलको बराबरी खेलेको थियो ।
नेपालको जितमा विमल घर्तीमगर र सुमन लामाले गोल गरे । विमलले खेलको पहिलो हाफको १२ औँ मिनेटमा गोल गर्दै पहिलो अग्रता लिए । जापानका खेलाडीले खेलको २५ औँ मिनेटमा एक गोल फर्काउँदै खेललाई एक एक गोलको बराबरीमा ल्याए ।
त्यस्तै, सुमनले खेलको दोस्रो हाफको अतिरिक्त समय (९० प्लस १ ) मा गरेको एक गोल नै नेपालका लागि निर्णायक गोल सावित भयो ।
नेपालले जापान भ्रमणमा विभिन्न पाँच मैत्रीपूर्ण खेल खेल्नेछ जसअन्तर्गत नेपालले भोलि आफ्नो तेस्रो खेलमा अमिटिज स्पोर्ट्स् क्लबसँग खेल्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ