पिडितलाई राहत वितरणसंगै पुर्नस्थापनाको तयारी पनि सुरु गर्नुपर्छ : प्रचण्ड

पिडितलाई राहत वितरणसंगै पुर्नस्थापनाको तयारी पनि सुरु गर्नुपर्छ : प्रचण्ड

  • बुधबार, साउन ३२, २०७४
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाण्डौ , ३२ साउन ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बाढीपहिरोको विपत्तीपछि राहत वितरणसंगै पुर्नस्थापनाको तयारी पनि सुरु गर्नुपर्नेमा जोड दिनुभएको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ११ इनरुवाको मुसहर बस्ती पग्नुभएको अध्यक्ष दाहालले पीडितको पुनस्र्थापनाका लागि सरकारले तत्काल ठोस पहल गर्नुपर्ने बताउनुभएको हो ।

बाढीपीडितलाई आज राहत वितरण गर्न गृहमन्त्री जर्नादन शर्मा र आपुर्तिमन्त्री शिबकुमार मण्डल सहित जानुभएक दाहालले विपदको धैर्यतापुर्वक सामाना गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो सबै नेपाली मिलेर यो विपदको सामना गर्नुपर्छ, पहाडमा भूकम्प जाँदा तराईका जनताले निक्कै ठुलो हृदयले सहयोग गरेजस्तै अहिले तराईमा विपद पर्दा पहाडका जनताले पनि सहयोग गर्न पछि परेका छैनन् , यसरी एक अर्काको सहयोगवाटै नेपाल बनेको हो ।

सुनसरीको ईनरुवामा सञ्चारकर्मीसंग कुरा गर्दै गृहमन्त्री जर्नादन शर्माले बाढी प्रभावितको लागि खाद्यान्न लगायत राहत सामग्रीको अभाव नरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, बाढीपीडितलाई बितरण गर्न खाद्य सामग्रीको अभाव छैन्, तर बितरण प्रक्रिया व्यवस्थित गर्न आवश्यक छ, चारैतिर डुवान रहेका कारण पनि वाटोको समस्याले राहत वितरण व्यवस्थित गर्न समस्या भएको हो ।

गृहमन्त्री शर्माले भारतीय बाँधका कारण नेपाली भूभाग डुवानमा पर्ने गरेको बिषयमा कुटनितिक स्तरमा छलफल भईरहेको जानकारी दिनुभयो ।

यस्तै आपुर्तिमन्त्री शिबकुमार मण्डलले तत्कालका लागि बाढीपीडितलाई बितरण गर्न राहत सामग्रीको अभाव नरहेको र कही कतै अभाव भएको भए तत्काल उपलब्ध गराइहाल्ने बताउनुभयो । अध्यक्ष दाहालसहितको टोलीले इनरुवाका ७० परिवार मुसहरलाई चामल, चाउचाउ, नुन र पानी बितरण गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ