च्याम्पियन्स लिगको प्ले अफमा लिभरपुलद्वारा होफनहाईम पराजित

च्याम्पियन्स लिगको प्ले अफमा लिभरपुलद्वारा होफनहाईम पराजित

  • बुधबार, साउन ३२, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौं, साउन ३२ ।

युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा प्ले अफ् खेल सुरु भएका छन् । प्ले अफ् पहिलो लेगको खेलमा इङ्ल्यान्डको लिभरपुलले जर्मन क्लब होफनहाईमलाई पराजित गरेको छ ।

जर्मनीमा गएराति भएको खेलमा पाहुना टोली लिभरपुललाई विजयी गराउन अलेक्जेन्डर आर्नोल्डले पहिलो गोल गरे भने होफनहाईमकै हाभर्ड नर्ड्भिटले एक आत्माघाती गोल गरे ।

खेलको अन्त्यतिर होफनहाईमका मार्क उथले एक गोल फर्काउँदै टोलीको हार अन्तर कम गरे ।

जितसँगै लिभरपुलले च्याम्पियन्स लिग फुटबलमा छनोट हुने संभावना बलियो पारेको छ ।

दोस्रो लेगको खेल अर्को हप्ता लिभरपुलको मैदानमा हुनेछ । च्याम्पियन्स लिग प्ले अफ् अन्तर्गतका अन्य खेलहरुमा अजरबैजानको एफ.के.काराबाग, साईप्रसको अपोईल निकोसिया र रुसको सि.एस.के.ए.मस्को पनि विजयी भएका छन् ।

पोर्चुगलको स्पोर्टीङ लिस्बन र रोमानियाको स्टावा बुकारेष्टले भने गोलरहित बराबरी खेलेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ