तराई– मधेशका जिल्लामा मात्रै १११ को मृत्यु , मृतकका परिवारलाई रु दुई लाख दिने

तराई– मधेशका जिल्लामा मात्रै १११ को मृत्यु , मृतकका परिवारलाई रु दुई लाख दिने

  • मङ्लबार, साउन ३१, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौ ३१ साउन ।
सरकारले बर्षा रोकिएसँगै बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत वितरण कार्य तिब्र पारेको जनाएको छ ।
देशका विभिन्न ठाउँमा आएको बाढीपहिरो तथा डुबानमा परी मृत्यु हुनेको संख्या १ सय १५ पुगेको गृह मन्त्रालयले जनाएको छ ।

गृहमन्त्री जनार्दन शर्माले झापा, मोरङ, सुनसरी, सिरहा, सर्लाही, सप्तरी, रौतहट, कैलाली, पर्सा, बाँके, दाङलगायत तराई– मधेशका जिल्लामा हालैका बाढीले १११ को मृत्यु भएको जानकारी दिनुभएको छ ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा उहाँले बाढीबाट ती जिल्लाका ८० प्रतिशत भूभाग सहित हजाराँै घर डुबानमा परेको, ३५ जना हराइरहेको र हजाराँै जनता विस्थापित भएको जानकारी दिनुभयो । उहाँले डुबान क्षेत्रमा हेलिकप्टरका माध्यमबाट राहत वितरण अगाडि बढेको बताउनु भयो ।

गृहमन्त्री शर्माले बाढीबाट मृत्यु भएका परिवारलाई रु दुई लाख र घर मर्मत गर्न रु दश हजार वितरणसमेत सुरु भएको भएको जानकारी दिँदै बाढीपीडितलाई बुधबारसम्म व्यवस्थापन गरिसकिने स्पष्ट गर्नुभयो ।

“सबै भूभाग जलमग्न भएका कारण शव व्यवस्थापन गर्न र अस्थायी पाल राख्ने स्थानसमेतको अभाव रहेको उहाँको भनाई छ ।

मन्त्री शर्माले बाढीपीडित परिवारमा रोगको संक्रमण नफैलियोस् भन्नाका लागि जनसंख्याका आधारमा चिकित्सक परिचालन तथा क्षतिग्रस्त भौतिक संरचनाको विवरण लिन सुरु गरिएको बताउनुभयो ।

यसैबीच गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सबै प्रभावितलाई राहत पु¥याउन एकद्वार प्रणाली लागु गरी काम थालिएको बताउनुभयो । प्रभावितका बारेमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सबै जानकारी हुने हुँदा एकद्वार प्रणालीले राहत वितरण प्रभावकारी हुने उहाँको दाबी छ ।

तर प्रभावितले भने यो प्रणालीले झन् सकस पारेको गुनासो गरेका छन् । अहिले पानी पर्न रोकिएको र पानी सुकेका स्थानका बाढी प्रभावित भने घर फर्किन थालेका छन् । तर अझै पनि डुबान भएका ठाउँका प्रभावितको भने बिचल्ली छ ।

सरकारले राहत र उद्धारको कामलाई तीब्र पारेको जनाए पनि टालटुले मात्र राहत पाएको प्रभावितले बताएका छन् । बाढी र डुबानका कारण विस्थापित भएका धेरैजसोले चिउरा र भुजामा रात विताउन बाध्य भएका छन ।

बिरामी, बालबालिका र बुढाबुढीको जनजीवन थप कष्टकर बन्दै गएको छ । उनीहरुले तत्कार राहत र उद्धार तथा बासको व्यवस्था गर्न पनि माग गरेका छन् ।

यसअघि आजै गृहमन्त्री शर्माले बाढी पहिरो पीडितले पर्याप्त राहत नपाएको गुनासो आएपछि कसैलाई नछुटाई राहत वितरण गर्न निर्देशन दिनुभएको छ ।

आज बिहानदेखि उहाँ आफैं त्रिभुवन विमानस्थलस्थित नेपाली सेनाको हवाई अड्डा निर्देशनालयमा पुगेर प्रत्यक्ष कमाण्ड गरि रहनुभएको छ ।

गृहमन्त्री शर्माले नेपाली सेनाको हवाई अड्डा निर्देशनालयका प्रतिनिधि, निजी विमान सेवा प्रदायक संस्था तथा विपत व्यवस्थापनसँग सम्बन्धित निकायका सबै प्रतिनिधिहरुलाई विमानस्थलमै बोलाएर राहत वितरणको काम प्रभावकारी बनाउन निर्देशन दिनुभयो ।

काठमाडौंबाट पठाइएका राहत सामाग्रीहरु पीडितसम्म पुगे–नपुगेको, पाए–नपाएको जानकारी पनि उनले टेलिफोनमार्फत् लिइरहेको स्वकीय सचिव शर्माले बताउनुभयो ।

त्रिभुवन विमानस्थलबाट हेलिकोप्टर र हवाई जहाजमार्फत बाढी प्रभावित जिल्लाहरुमा राहत पठाउने क्रम जारी छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ