राप्रपाले बोलायो , केन्द्रिय कार्यसम्पादन समिति बैठक , हेटौडामा बस्ने

राप्रपाले बोलायो , केन्द्रिय कार्यसम्पादन समिति बैठक , हेटौडामा बस्ने

  • मङ्लबार, साउन ३१, २०७४
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौँ, ३१ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आगामी भदौ १ गते बोलाएको छ । 

पार्टी विभाजन तथा सरकारलाई दिएको समर्थन फिर्तापछि भावी राजनाीतिक कार्यक्रमका लागि आवश्यक रणनीति तयार गर्ने उद्देश्यले सो बैठक यस पटक हेटौँडामा बस्न लागेको प्रवक्ता भुवन पाठकले जानकारी दिनुभयो ।

यही साउन ४ देखि ७ गतेसम्म काठमाडौँमा भएको केन्द्रीय समितिको बैठक पार्टी विभाजनपछि आकस्मिक रुपमा बोलाइएको हो । पार्टीका रिक्त पदाधिकारी पदमा मनोनयनका विषयमा छलफल गरी उपयुक्त नेतालाई जिम्मेवारी पनि दिइने सम्भावना छ ।

वैचारिक रुपमा निकट रहेका विभिन्न राष्ट्रवादी शक्तिसँगको एकता तथा प्रादेशिक र केन्द्रीय चुनावमा पार्टीले सफलता प्राप्त गर्न खेल्नुपर्ने भूमिकाबारे बैठकमा योजना बनाइने छ । प्राकृतिक विपद्मा मानवीय सहयोग तथा उद्वारका लागि पार्टीको भूमिकाको सम्भावना, देशमा विकास भएको समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, तेस्रो चरणको स्थानीय निर्वाचनको मूल्यांकनसमेत बैठकमा गरिने छ ।

पार्टीमा कुल १६३ केन्द्रीय सदस्यको व्यवस्था गरिएकामा यही साउन २२ गते पशुपतिशम्शेर जबरा समूहले उक्त दलको ४० प्रतिशतभन्दा बढी नेतासहितको हस्ताक्षर लिएर निर्वाचन आयोगमा दल दर्ता गराएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ