राजपा सांसदबाट एक महिनाको तलब दिइने

राजपा सांसदबाट एक महिनाको तलब दिइने

  • मङ्लबार, साउन ३१, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौँ, ३१ साउन । राष्ट्रिय जनता पार्टी (राजपा) ले बाढीपीडितको राहतका लागि सहयोगार्थ पार्टीका सबै सांसदबाट एक महिनाको तलब बराबरको रकम दिइने निर्णय गरेको छ ।

राजपा अध्यक्ष मण्डल र संसदीय दलको सोमबार बसेको बैठकले उक्त सहयोग गर्ने निर्णय गर्दै पार्टीका नेता कार्यकताका तर्फबाट सबै प्रकारले नगदी र जिन्सी सहयोगका लागि पार्टी सम्बद्ध सबैलाई आग्रह गरेको छ ।

राजपाले बाढी प्रभावित स्थानलाई बाढीग्रस्त क्षेत्र घोषणा गरी आपत्कालीन विपद् व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ । साथै उक्त कार्यलाई प्रभावकारी रुपमा अगाडि बढाउन देशभरिका सबै उद्योगपति, व्यवसायी, स्वदेशी तथा विदेशी संघसंस्था, नियोग र दाता एवं दातृ निकायलाई आग्रह गरिएको पार्टीका संयोजक महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हानबाट रु पाँच लाख

होटल एसोसिएसन नेपाल (हान) ले बाढीपीडितका लागि रु पाँच लाख सहयोग दिने निर्णय गरेको छ । हान पदाधिकारीको आकस्मिक बैठकले बाढीपीडितको सहयोगार्थ प्रभावित क्षेत्रमा उद्धार र राहतको अभियानमा सक्रिय हुने जनाएको छ ।

हानले आफ्ना सदस्य तारे होटलबाट पनि थप सहयोग जुटाउने महासचिव विनायक शाहले बताउनुभयो । त्यस्तै सुनसरी, मोरङ, चितवन, रुपन्देही, परासी, बाँके, बर्दियालगायत जिल्लामा बाढीबाट प्रभावित पर्यटकको उद्धार आवश्यक भएमा सेवाका लागि २४ सै घण्टा ९८५१० ३१४९५ र ९८५११९१८२७ हटलाइन सेवा शुरु गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ