काठमाडौ, ३१ साउन ।
तीन दिने औपचारिक भ्रमणका लागि काठमाडौमा रहनु भएका चिनियाँ उपप्रधानमन्त्री वाङ याङले आज महत्वपूर्ण भेटवार्ता गर्दै हुनुहुन्छ । याङ चिनियाँ राष्ट्रपति सि जिनपिङको विषेश सन्देश लिएर आउनु भएका वाङले दुईपक्षीय डेलिगेसन स्तरमा वार्ता गर्ने तयारी छ ।
हिजो काठमाडौ आइपुग्नु भएका वाङले उपप्रधान एवम् संघिय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छादारसँग पहिलो औपचारिक भेटवार्ता गर्न लाग्नु भएको हो । राजधानीको सोल्टी होटलमा बिहान १० हुने वार्ता द्धिपक्षीय हित तथा दुई देशबीच यसअघि भएका सम्झौता कार्यन्वयनमा केन्द्रित हुनेछ ।
त्यसअघि राजधानीको बसन्तपूरस्थित चीन सरकारको आर्थिक सहयोगमा पुरनिर्माण हुन लागेको नौतले दरबारको उप्रपधान एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महरा र चीनीयाँ उपप्रधानमन्त्री याङले संयुक्र रुपमा उद्घाट गर्ने कार्यसुची रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
याङ नेतृत्वको उच्चस्तरीय टोलीले आजै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग अपरान्न ३ बजे र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग अपरान्न ४ बजे भेट गर्ने तयारी भएको छ ।