विराटनगरबाट वेपत्ता सात जनाको शव भारतमा भेटियो , मोरङमा मृत्यु हुनेको संख्या १९ पुग्यो

विराटनगरबाट वेपत्ता सात जनाको शव भारतमा भेटियो , मोरङमा मृत्यु हुनेको संख्या १९ पुग्यो

  • सोमवार, साउन ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

विराटनगर , ३० साउन । 

अविरल वर्षासँगै आएको बाढीमा परी विराटनगरबाट बेपत्ता भएका मध्ये सात जना नेपालीको शव भारतमा फेला परेको छ। भारतमा भेटिएका मध्ये चारजनाको सनाखत हुन सकेको छैन। मोरङमा बाढीमा परी १९ जनाको मृत्यु भएको छ।

रेल्वे स्टेशन नजिकै मंगोलियन अनुहार भएका एक पुरुष र तीन महिलाको शव फेला परे पनि उनीहरुको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

गत शनिबार दिउँसोबाट बेपत्ता भएका मध्ये विराटनगर-१३ कारोशन लुइँटेल (२१)र मनोज पासवान (२८)तथा विराटनगर-१२ का निश्चल घिमिरेको शव भारत जोगबनीको रेल्वे स्टेशन नजिकै फेला परेको हाे । शव भेटिएका युवाहरु घरबाट २८ गते शनिबार दिउँसो हिँडेकोमा नेपाल भारत सीमाको दशगजामा ५० मिटर जतिभित्र भारतको जोगबनी रेल्वे स्टेशनमा मृत फेला परेको मोरङमा एसपी अरुणकुमार बीसीले जानकारी दिए।

उनले भने, ‘यता नेपालतिरबाट खोला र भेलले बगाएर अझै धेरै मानिसहरु भारततर्फ पुगेको हुनसक्ने अनुमान छ।’ एसपीबीसीले खोलामा पानी ओर्लिएर सतह घटेसँगै मृतकको शव भेटिने क्रम बढेको बताए।

पहिरो तथा बाढीमा परेर गोपीमाया तामाङ, गंगाराम खतिवडा, मिनबहादुर थापा, बुद्धिमाया लिम्बू, किसन महतो, अरुलिया ऋषिदेव, उमेश नेपाल, धिरज माझी, सानुमाया राईकाे शव भेटिएकाे हाे।

प्रहरीका अनुसार जिल्लामा ८ हजार ५ सय घर डुबानमा परेका छन। तीमध्ये आधा परिवार विस्थापित भएका छन्। कर्सिया, बेलबारी, मोतिपुर, दामरभिट्टा र गोबिन्दपुरको प्रहरी युनिटमा क्षतिभई पर्खाल समेत भत्किएको छ। सबैभन्दा बढी प्रभावित क्षेत्र विराटनगर, रतुवामाई, केराबारी, मधुमल्ला, सुन्दरहरैंचा लगायत स्थानमा राहत वितरण गर्न जिल्ला दैवीप्रकोप उद्दार समितिले तयारी गरेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ