पिपल्स च्वाईसको मनोनयन सार्वजनिक , को को परे त मनोनयनमा ?

पिपल्स च्वाईसको मनोनयन सार्वजनिक , को को परे त मनोनयनमा ?

  • सोमवार, साउन ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौं , ३० साउन ।

नेपाली खेलकुदकै सर्वा्र्धिक प्रतिष्ठित अवार्ड प्रतियोगिता पल्सर स्पोर्टस् अवार्ड अन्र्तगत पिपल्स च्वाईस अवार्डको मनोनयन सार्वजनिक गरिएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्चले काठमाण्डौमा आज एक कार्यक्रमको आयोजना गरि पिपल्स च्वाईस अवार्डको उत्कृष्ट ५ खेलाडीको मनोनयन सार्वजनिक गरेको हो ।

मञ्चका सचिव राजु घिसिङ संयोजकत्वको छनोट समितिले तयार पारेको बर्षका चर्चित खेलाडीको सूचीमा क्रिकेटका दीपेन्द्र सिंह ऐरी देखी फुटबलका सुजल श्रेष्ठसम्म अटाएका छन् ।

त्यस्तै, पौडीबाज गौरिका सिंह, एथलेटिक्सकी कान्छीमाया कोजु र जुडोकी फुपुल्हामु खत्री पिपल्स च्वाईस अवार्ड विधाको मनोनयनमा परेका छन् ।

एसएमएस भोटिङ र फेसबुक लाईकका आधारमा सर्वा्धिक भोट प्राप्त गर्ने खेलाडीले पिपल्स च्वाईस अवार्ड जित्नेछ । अवार्ड विजेताले पल्सर मोटरसाईकल प्राप्त गर्नेछ । भोटिङ र फेसबुक लाईक आजैबाट सुरु गरिएको छ ।

मनोनयनमा परेका खेलाडीलाई भदौ २५ गते राति १२ बजे सम्म भोटिङ र फेसबुक लाईक गर्न सकिनेछ । चार फेसबुक लाईकलाई एक भोट मानिने आयोजकले प्रष्ट पारेको छ ।

खेलाडीलाई भोट गर्न म्यासेज बक्समा पल्सर लेखेर एक स्पेस छाड्ने र खेलाडीको नाममा अगाडीको अक्षर र थारको अगाडीको अक्षर टाईप गरि ३३१३१ मा पठाउन सकिन्छ ।
नेपाल खेलकुद पत्रकार मञ्चले प्रत्येक बर्ष आयोजना गर्दै आएको अवार्ड प्रतियोगिता आगामि भदौ २६ गते हुदैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ