जे होला होला सार्वजनिक (भिडियो सहित)

जे होला होला सार्वजनिक (भिडियो सहित)

  • सोमवार, साउन ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाण्डौ ।
बादलको सुन्दरतामा रमाउने कुरा क्षणिक हुन्छ तर जिन्दगीमा रमाउनु पो ठूलो हुन्छ । भोलि जे सुकै होस् तर सँधै रमाउनु जिन्दगी हो गीतले यस्तै सन्देश दिएको छ । बाँचे भोलि पनि रमाउन सकिन्छ र माया पिरती साँच्ने र गाँस्ने, सबैसँग हाँसो र खुसीमा रमाइलो गर्नु यही जिन्दगी हो । गीतमा सँधै हाँसीहाँसी बाँच्नुपर्ने कुरा समेटिएको छ । फरक शैलीमा बिल्कुलै नयाँ ढंगबाट गीतको छायांकन तथा निर्देशन गरिएको छ ।
” जे होला होला भोलिको दिन आज रमाउँदै बाचौं है
  माया पिरती साँचेर हो छ्मछमी नाचौं है
  आजको मीठो भेटघाट मन खोलेर हाँसौं है
  माया पिरती साँचेर हो छमछमी नाचौं है”
 गायिका ममता पोखरेल गौतम र गायक सुरेन्द्र महर्जनको युगल स्वर रहेको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। संचार कर्मी सरोज श्रेष्ठको निर्देशनमा कलाकारहरू विकाश लामिछाने र रेश्मा लामाले अभिनय गरेको “जे होला होला” गीतको म्युजिक भिडियोको दृश्य कैद विशाल प्रजापतिले गरेको उक्त भिडियोको इडिटिङ्ग माधव बेल्बासेको रहेको छ । कवि, गीतकार, गायक एवं साहित्यकार सुरेन्द्र महर्जन”अमर” को तेह्रौं कृति “अमर” भित्रको गीतहरू मध्यको गीत हो ” जे होला होला” । अमर एल्बमको सबै गीतहरूका संगीतकार राम कार्कीको रहेको छ ।
https://youtu.be/xuoykTjUJ_Y

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी