सीमावर्ती क्षेत्रका तटबन्ध र बाँध भत्काउन चुरे भावरको माग

सीमावर्ती क्षेत्रका तटबन्ध र बाँध भत्काउन चुरे भावरको माग

  • सोमवार, साउन ३०, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

काठमाडौं, साउन ३० ।

चुरे भावर राष्ट्रिय एकता पार्टीले भारतीय पक्षले तराईका सीमावर्ती जिल्लामा बनाएको तटबन्ध र बाँध भत्काउनका लागि तत्काल कुटनीतिक पहल थाल्न सरकार समक्ष माग गरेको छ ।

चुरे भावरको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले वर्षाका कारण बाढी र डुबानमा परेर दर्जनौको ज्यान गएकोमा दुःख व्यक्त गर्दै सीमावर्ती क्षेत्रमा बनाएका बाँध भत्काउन माग आग्रह गरेको हो ।

‘भारतले सीमा क्षेत्रमा बनाएको उच्च सडक, बाँध र तटबन्धका कारण नेपालको तराई क्षेत्रमा डुबान भएको चुरेभावर पार्टीको ठहर छ’ चुरे भावरले भनेको छ, ‘नेपाल र नेपालीलाई क्षति हुने गरेर बनाइएका त्यस्ता संरचनाहरू हटाउने विषयमा भारतसँग कुटनीतिक पहलमार्फत तत्काल समाधान खोज्न नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छौँ ।’

पार्टीले मातहतका जिल्ला कमिटिलाई बाढी र डुबानमा परेकाको तत्कालै उद्धार कार्यमा सक्रियता पूर्वक खटन र उपलब्ध राहत वितरण गर्न पनि मातहत कमिटिलाई निर्देशन दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ