काठमाडौं ।
यतिबेला तराईका आधा भन्दा बढि भू–भाग बाढीले डुवानमा छ । पहाडमा पहिरोले घरबास उठेकाहरुको संख्या उस्तै छ । दैनिक दर्जनौंले ज्यान गुमाउनुपरेको छ भने हजारौ घरबारविहिन बनेका छन् ।
गएको शुक्रबार आएको देखीको अबिरल बर्षाका कारण अनाहकमा ज्यान गुमाउने दर्जनौ नेपाली र घरबास गुमाउने हजारौको यो श्रृखला नयाँ होईन । हरेक बर्ष यसरी नै ज्यान गुमाउनेको सङख्या, बढिरहदाँ हरेक बर्ष यो पिडा उत्र्कषमा पुग्छ तब सरकार र दैबलाई धिक्कार्नेबाहेक हुने गरेको छैन । पछिल्लो दिन त झन प्रबिधिको विकाससँगै सामाजिक सञ्जालमा आक्रोश पोख्नेहरुको भिड निक्कै छ ।
खासगरी तराई डुबानका कारक बनेको नेपाल भारतबीच असमान सन्धिसम्झौतामा आधारित ठुला बाँध र नहरहरु हुन भन्ने बुझेपनि उनीहरु यसको वास्तविकताका नजिक भने नपुगेझै देखिन्छ ।
हरेक बर्ष बर्षायाममा नेपालको आधा भू–भाग डुबानमा पर्नु र लाखौ घरबारबिहिन बन्नुका पछाडी नेपालमा पूर्व शासक र नेपालको राजनीतिले काम गरेको छ भन्दा धेरैलाई अनौठो लाग्न सक्छ । तर वास्तविकता भने यहि हो । नेपालमा विभिन्न कालखण्डमा शासन सत्ता सम्हाल्ने नेपालका राजनीतिक दल र दलका नेताहरुका कारण अहिले लाखौं नेपालीले सास्ती भोग्नु परेको छ ।
तत्काललाई छिमेकी रिझाउने र दलको निहित स्वार्थ पुरा गर्ने परिपाटीका कारण नेपालका गण्डक, कोशी, महाकाली लगायतमा भारतसँग भएका असमान सन्धिसम्झौता नै अहिलेको समस्यका जड हुन ।
कसरी डुब्ने अवस्थामा पुग्यो नेपाल
आजभन्दा २ सय वर्ष पहिले नेपाल लगभग २ लाख हेक्टर क्षेत्रफलमा फैलिएको थियो । त्यतिबेला नेपाल पुर्वमा टिष्टा देखि पश्चिममा काँगडासम्म थियो । नेपालको भू–भागमा विदेशी शक्तिको आँखा गड्यो । फलस्वरुप अंग्रेजले नेपालमाथी आक्रमण गर्यो । आक्रमणपछि पनि नेपाल अंग्रेजसँग नझुकीकन एक स्वाधिन राष्ट्रमा परिणत भयो । यद्यपी नेपाल अहिलेको सानो भूभागमा सिमित हुन पुग्यो ।
नेपालमा विभिन्न शासकहरुले राज्यसत्ता चलाउँदै आए । कहिले राणा शासन त केहिले प्रजातन्त्रको नाममा देशमा शासन चलिरह्यो । जबदेखि नेपालमा राणा शासनको पतनसँगै प्रजातन्त्रको उदय भयो त्यहीबेलादेखि नेपाल असमान सन्धिको चपेटामा पर्यो । आफ्नै सत्ता टिकाउनको लागि मात्र हाम्रो देशका नेताहरु देश बेची रहे ।
सत्ता टिकाउनैका निम्ति २०४८ सालमा भारत भ्रमणका क्रममा नेपालका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले टनकपुर सन्धि गरे । सत्ता टिकाउन र सत्तामा बसिरहने उद्देश्यले नेपाली काँग्रेस र एमालेले २०५३ साल असोज ४ गते महाकाली सन्धिलाई नेपालको संसदबाटै अनुमोदन गरिदिए । जसको चर्चा अहिले पनि जिवितै छ । यसरी बिभिन्न समयमा आफ्नो शासन सत्ता टिकाउनकै लागी भएका नेपाल भारत असमान सन्धि सम्झौता जसले हरेक बर्ष आधा नेपाल डुबानको चपेटामा पर्ने गरेको छ । हजारौ लाखौले आफ्नो घरबार गुमाउनुपरेको छ यसको जिम्मेवार को त यहि बिषयमा चर्चा गर्नु उपयुक्त ठानेका छौंः
कुन कुन शासकले देश कति बेचे त ?
१. मातृका कोईरालाः
विक्रम सम्बत् २०११ बैशाख १२ गते स्व .मातृका प्रसाद कोईरालाले भारतसँग कोशी सम्झौता गरे । कोशी सम्झौताको आधारमा भारतले नेपाली भूभागमा पर्ने कोशी नदीमा बाँध बाधियो । कोशीले भारतको विहारमा र्पुयाउने क्षतिका अलावा भारतीय भूमि सिंचाईकालागि भन्दै बाँध बनाईएको थियो ।
अहिले उक्त कोशी सम्झौताले उत्पन्न गर्ने समस्याका कारण १ लाख नेपाली तथा १० लाख भारतीय प्रभावित भईरहेका छन् । कोशी सम्झौतालाई अहिले पनि विहारको दुःखका नामले समेति चिनिन्छ । वर्षातमा कोशीले पु¥याउने क्षतीले गर्दा अहिले उक्त सम्झौता नेपाल भारत दुबैको लागी टाउँको दुःखाईको विषय बनेको छ ।
२. विपि कोईरालाः
विक्रम संवत् २०१६ मंसिर १९ मा तत्कालिन प्रधानमन्त्री विपि कोईरालाले गण्डक सम्झौता गरेका थिए । नेपालको लागी राष्ट्रघाती सम्झौता मानिएको गण्डक सम्झौताले नेपालको पानीमा सबै अधिकार भारतको थियो । त्यस्तै विपिले कालापानीमा भारतीय सैनिक तैनाथ राख्ने सम्झौता समेत गरेका थिए । उक्त सम्झौताले गर्दा नेपालमाथि निकै राष्ट्रघात भएको ठहर थियो ।
विपिले गरेको अर्को सम्झौता भनेको शान्ति, सेना र हातहतियार सम्बन्धी सम्झौता हो । त्यसबाहेक यता राजासँगको मेललिपालको कुरा उठाएर तत्काल आफैले चाहेजसरी कमजोर पार्न असम्भव राजतन्त्रको आड लगाउने र सत्तामा पुग्ने रणनीतिमा बिपीले समेत नेपालमा गद्दारी गरेका थिए । नेपालको राजतन्त्र कमजोर पार्ने नाममा नेपालको राजनीतिमा भारतको दबदबा बढाउने कामको थालनी तत्कालिन प्रधानमन्त्री एंव काँग्रेस नेता बिपी कोइरालाको समेत हात रहदैं आएको थियो ।
३. गिरिजाप्रसाद कोईराला र सुशिल कोईरालाः
२०४६ सालपछि नेपालको राजनीतिमा सबैभन्दा बढि हालिमुहाली गरेका गिरिजाप्रसाद कोईरालाले टनकपुर सम्झौता गरे । उतिबेलै टनकपुर संन्धि राष्ट्रघाती भएको भन्दै अन्तर्रा्ष्ट्रिय रुपमा मुद्दा हाल्ने तरखरमा रहेको बेला मदनभण्डारीको २०५० जेठ ३ मा हत्या भयो । त्यस्तै गिरिजा र सुशिलले माथिल्लो कर्णाली परियोजना, पश्चिम सेति परियोजना तथा अरुण तेस्रो जस्ता सम्झौता समेत गरे ।
सत्ताको दुरुपयोग गर्दै गिरिजा प्रसाद कोईरालाले मर्नु भन्दा अगाडी पश्चिम सेती, अरुण ३ र माथिल्लो कर्णाली जस्तो सबै भन्दा घातक सन्धि भारतसँग गरिदिए जुन सन्धि अनुसार ति नदिनालामा अबदेखि नेपालको कुनै पनि किसिमको अधिकार हुने छैन् ।
४. केपी ओली, माधव नेपाल र शेर बहादुर देउवाः
नेपालको सवैभन्दा राष्ट्रघाती मानिएको महाकाली सन्धिमा हस्ताक्षर गर्ने प्रमुख श्रेय केपी ओलीलाई जान्छ । जानकारहरुका अनुसार उक्त सम्झौता गर्नमा गिरिजा, केपी ओली, माधव नेपालं र शेर बहादुर देउवाको प्रमुख हात रहेको थियो । अहिले पनि भारतले नेपाल डुबानमा पर्नेगरी पश्चिमको महाकाली देखी पुर्वको मेची नदि सम्म २० बटा भन्दा बढि बाधा अन्तर्रा्ष्ट्रिय नियम बिपरीत नेपालको स्विकृती नलिई बनाई सकेको छ ।
मदन भण्डारीको मृत्युपछि एमाले महासचिवको पद सम्हालेपछि भारत भ्रमणमा गएका माधव कुमार नेपालले भारत भ्रमणबाट फर्केपछि केपी ओलीको भरपुर साथमा सबैलाई आश्चर्य चकित पार्दै महाकाली सन्धिको मुद्दामा प्रतिपक्षको भुमिका निर्वाह गरिरहेको पार्टिले पनि संसदमा महाकालि सन्धिको पक्षमा उभिएर अनुमोदन गरेको थियो ।
नेपाली जनतालाई महाकाली सन्धि गरेर फाइदै फाइदा हुन्छ भन्दै ढाँटेर २०५३ असोज ४ गते शुक्रबार मध्यराति संसद्बाट अनुमोदन गरिएको थियो । यो सन्धिको त्यतिबेला हजारौं जनताद्वारा बिरोध हुदाँहुदै जबरजस्ती सदनमा पास गरिएको थियो । त्यो सन्धि त्यतिबेलाको सत्तारुढ दल नेपाली काँंग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल सद्भावना पार्टी र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) विशेषत ओली र माधव कुमार नेपाल मिलेर भारतलाई सुम्पेका थिए ।
महाकाली सन्धिमा हस्ताक्षर नगर्नेहरुको नेतृत्व वामदेव गौतमले गरेका थिए जसमा सहाना प्रधान, राजेन्द्र श्रेष्ठ, सीपी मैनाली लगायतका नेताहरुले नेकपा माले गठन गरे । पछि वामदेव लगायतका मालेका धेरै नेताहरु एमालेमै फर्किएभने सीपी मैनाली लगायतका नेताहरु मालेमै रहे ।
यसो राष्ट्रियताको पक्षमा खरो उत्रिएका तत्कालिन माओवादी नेताहरु पूर्वप्रधानमन्त्री डा. बावुराम भट्टराईदेखी वर्तमान प्रधानमन्त्री प्रचण्डले समेत भारत रिझाउने सवालमा राष्ट्रघाती निर्णय गरेर अघि बढेको आरोप लाग्ने गरेको छ । आफ्नो सत्ता टिकाउँ प्रभूको शरणमा ढोग्ने र नेपालका नदिनाला बेच्ने परम्परा चलाउँदै आएका नेपालका राजनीतिक दलहरुले यो क्रममा अझै निरन्तरता दिईरहेका छन् । @tvannapurna बाट