काठमाडौं ,३० साउन ।
आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत हङकङसँगको खेलका लागि प्रारम्भिक नेपाली टोलीको घोषणा गरिएको छ ।
आउँदो अक्टोबरमा हुने च्याम्पियनसिप अन्तर्गत हङकङसँगको खेलका लागि पारस खड्काको कप्तानीमा २५ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरिएको हो । टोलीको छनोट मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का रहेको छनौट समितिले गरेको हो ।
टोलीमा ज्ञानेन्द्र मल्ल, शरद भेषावाकर, सुशील कँडेल, शक्ति गौचन, नरेश बुढायर, अविनाश कर्ण, ललिट सिंह भण्डारी, सन्दिप लामिछाने, बिक्रम सोब, महबुब आलम रहेका छन् ।
त्यस्तै सौरभ खनाल, जितेन्द्र मुखिया, कुशल भुर्तेल, दिलिप नाथ, आरिफ शेख, हासिम अन्सारी, सुशन भारी, सागर पुन, दिपेन्द्र सिंह ऐरी, सुनिल धमला, बसन्त रेग्मी, करण केसी, विनोद भण्डारी र सोमपाल कामी प्रारम्भिक टोलीमा छनोट भएका छन् ।
नेपालले आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत आउँदो असोज २७ र २९ गते हङकङसँग उसकै मैदानमा खेल्दैंछ ।