काठमाडौं, साउन २६ । नयाँ शक्ति पार्टी नेतालका प्रभावशाली नेता देवेन्द्र पौडेलसहितका नेताहरुले पार्टी छाड्ने घोषणा गरेका छन् ।
पौडेलसहित कुमार पौडेल, महेन्द्र पासवान, वामदेव क्षेत्री लगायतका केन्द्रीय नेताहरुले आज औपचारिक रुपमा पार्टी परित्यागको घोषणा गर्दैछन् । उनीहरु माओवादीमै फर्कने सम्भावना रहेको बुझिएको छ ।
त्यस्तै नयाँ शक्तिका सहसंयोजक रामचन्द्र झाले पार्टी छाड्ने निश्चित भएको छ । एमालेमै फर्कने गरी नयाँशक्ति छाड्न लागेका झालाई तान्न माओवादीले पनि व्यापक प्रयास गरिरहेको छ । झा एमालेका पूर्वनेता थिए ।
झाले २०६४ सालको संविधानसभा निर्वाचनमा एमालेबाटै धनुषा क्षेत्र नम्बर एकबाट चुनाव जितेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline