आखिर एमाले किन तालमेल चाहन्छ दुष्मन जस्तो देखिएको राजपासगँ ?

आखिर एमाले किन तालमेल चाहन्छ दुष्मन जस्तो देखिएको राजपासगँ ?

  • मङ्लबार, साउन २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

साउन २४ काठमाण्डौं । सविधान ससोधन हुनु पर्ने , सिमाकंन हेरफेर हुनु पर्ने मुद्धामा एमाले र राजपा एक अर्काका विरोधी शक्तिको रुपमा देखिएका छन् । एमाले नेतृत्वको सरकारका बेलामा भएको नाकाबन्दी र मधेश आन्दोलनमा हिसा हुदा निकै ठूलो धनजनको क्षति भएको थियो ।
तात्कालीन मधेशी मोर्चाको आन्दोलन भारतको ईशारामा भएको र सिमाकनको कुरा देश टुक्रयाउने खालको भएको भन्दै कुनै पनि हालतमा नमान्ने एमालेको अडानकै कारण काग्रेस माओवादीले समेत सविधान शसोधन गराउन सकेका छैनन् ।
यस्तोमा एमालेलाई मधेशमा मेचीमहाकाली अभियान चलाएको बेला निषेध घोषणा गरेर मोर्चाले अवरोध गरेको थियो र त्यो बेला सप्तरीमा भएको घटनामा ४ जना मानिसको मृत्यु भएको थियो ।
अहिले अब स्थानीय निकायको २ नं प्रदेशको चुनाब हुन बाकीँ छ र त्यसमा तालमेल र जीत हारको विषयले प्रवेश पाईरहेको छ ।
यस्तोमा दुई चरण सम्मको निर्वाचनमा पहिलो भएको एमालेले २ नं प्रदेशमा पनि पहिलो हुने दावी गरेको छ ।
तर पनि एमालेले राष्ट्रिय जनता पार्टीसगँ चुनावी तालमेल गर्दा पहिलो प्राथमिकतामा राखेको छ । यो निकै आश्चर्यजनक छ ।
तराईको अध्ययन गरेर फर्किएका एमाले नेता प्रदीप ज्ञवालीले तराईमा स्थानीय आवस्यकता अनुसार राजपासगँ तालमेल गर्न सकिने बताए । उनले काग्रेससगँ भने तालमेल गर्न नसकिने स्पष्ट पारेको छ ।
मधेशमा जनसम्बन्ध सुदृढ पार्ने र कुटनीतिक चालवाजीको रुपमा एमालेको यो प्रस्तावलाई हेरिएको छ । यसबारे राजपाको धारणा भने आएको छैन ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ