तीन जनाको शव फेला

तीन जनाको शव फेला

  • सोमवार, साउन २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

 

रसुवा, २३ साउन । उत्तरगया गाउँपालिका–३ पहिरेबेँसी क्षेत्रमा अविरल वर्षासँगै आएको पहिराले गए राति घर पुरिँदा बेपत्ता भएका चारमध्ये तीन जनाको शव फेला परेको छ ।

सहायक प्रजिअ स्मिता पौडेलका अनुसार स्काभेटरको सहायताले घर पुरिएको स्थानमा खोजी गर्दा ३३ वर्षीया मुना थापा, चारवर्षीय रवीन्द्र थापा र ७८ वर्षीय भक्तबहादुर नगरकोटीको शव फेला परेको र तत्कालीन जिल्ला पञ्चायतका उपसभापति ७७ वर्षीय धर्मबहादुर थापाको भने खोजी भइरहेको छ ।

पहिरेबेँसी क्षेत्रमा बसोबासका लागि उपयुक्त नहुँदा ४० घर परिवारलाई अन्यत्र सारिएको छ । पहिराले पूर्णरुपमा क्षति भएका १४ घरमध्ये सम्पर्कमा आएका ११ घरपरिवारलाई प्रतिपरिवार रु १०–१० हजार र कम्बल तथा खाना पकाउने भाँडाकुँडा राहतस्वरुप आजै प्रदान गरिएको पौडेलले जानकारी दिनुभयो । मंगलबार बिहानदेखि बेपत्ताको पुनः खोजी गरिने बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ