मिस्टर नेपालमा सानो उमेरमै इतिहास रच्दै सागर राज रिजाल 

मिस्टर नेपालमा सानो उमेरमै इतिहास रच्दै सागर राज रिजाल 

  • सोमवार, साउन २३, २०७४
  • मिर्मिरे अनलाइन

  • 12.9K
    SHARES

मोडलिङ क्षेत्र अधिकांस युवायुवतिहरुको चासो र सरोकारको विषय बनेको छ । उक्त क्षेत्रलाई सबैले अंगाल्न नसक्लान चाहे सुरक्षीत भविष्यको गोरेटो यो क्षेत्रमा नदेखेर होस या अन्य क्षेत्र नै आफ्नो जीवनको रुचीको विषय भएर नै किन नहोस । फेरी मोडलिङ प्रति आकर्षित भएर मात्र पनि हुदैन । यसको लागी प्रकृतिको समेत देन हुन आवश्यक छ । आकर्षक चेहरा , जीउडाल , सौन्दर्यता , बौद्धिकता अनि यस्तै यस्तै ………..
सौभाग्य भन्नुपर्छ , विराटनगर स्थायी घर भएका सागर राज रिजाल यस पक्षमा बलियो देखिन्छन् । अझ त्यसमा पनि उनको घरपरिवार र साथीसंगीहरुको हौसला र उत्प्रेरणाले उनी यस क्षेत्रप्रति निकै आकर्षित देखिन्छन् ।
वि.सं. २०५६ साल कात्तिक ९ गते धनकुटा जिल्लामा पिता चन्द्रप्रसाद रिजाल र माता शान्ति बस्नेत रिजालको कोखबाट जन्मिएका सागर राज को हालको स्थायी घर भने विराटनगर रहेको छ । अध्ययनको सिलसिलामा कक्षा १२ उत्तिर्ण गरी आफ्नो सुन्दर भविष्यको खोजीमा उनी हाल राजधानी काठमाण्डौमा अध्ययनरत छन् । सानै देखी मोडलिङ क्षेत्रप्रति उनको अनुराग थियो । कक्षा नौ मा हुदा उनले कोरीयोग्राफर इश्वर बासकोटाको सानिध्यमा ramp walk गरेर आफ्नो उत्कृष्ट प्रतिभा देखाएका थिए । जसलाई उनले प्रेरणाको श्रोतको रुपमा लिएको बताउछन ।


धेरै युवाहरुको सपनाको रुपमा देखीने मिस्टर नेपाल उनको लागी एउटा गतिलो अवसर बन्न पुग्यो । सोहि मिस्टर नेपालको टाइटल उचाल्ने दृढ इच्छाशक्तीका साथ आफुलाई प्रस्तुुत गरेका उनले सो टाइटल हात पार्न नसकेता पनि १८ वर्षको कलिलो उमेरमै मिस्टर नेपालको इतिहासमा आफुलाई एक शसक्त पात्रको रुपमा उभ्याउदै  Most charming of the year 2017 हात पार्न सफल भएका छन् । आफनो मेहनतको अलावा यस क्षेत्र प्रति हौसला प्रदान गर्ने व्याक्तीको रुपमा कोरीयोग्राफर तथा नायक दिक्पाल कार्कीलाई उनि सम्झन चाहन्छन् ।

निरन्तर कठोर परिश्रम गर्ने ५ फिट ९ इन्च उचाई भएका उनी विहान जीम क्लव धाउछन् । भविष्यमा उनि आफुलाई डाक्टर बनेर चिनाउन चाहन्छन् । जसको लागी अहिले उनी तयारी गरीरहेका छन् । मोडलिङमा जम्दै चिकित्सा क्षेत्रलाई निरन्तरता दिने बताउछन् रिजाल ।


रंगमञ्च क्षेत्र प्रति तिब्र भोक रहेको भन्दै चाडैनै उनि अभिनय कक्षामा सरीक हुने बताउछन् ।
यस क्षेत्रका अलावा उनी एक राम्रा खेलाडी समेत हु्न । एन्फा द्धारा आयोजित अन्डर १२ को क्षेत्रीयस्तरको फुटबल प्रतियोगीतामा पुर्वाञ्चलको प्रतिनिधित्व गर्दै राजधानी काठमाण्डौ सम्मको यात्रा तय गरीसकेका छन् । विधालयमा रहदा फुटबल ,भलिबल, टेबलटेनिस,ककफाइट समेतको उनि विधालय च्याम्पियन थिए ।
मृदुभाषी ,हसीलो ,कठोर मेहनतमा विश्वास राख्ने उनै सागर राज रीजाल भविष्यमा नेपाली मोडलिङको दुनियामा राम्रौ सम्भावना बोकेका आशालाग्दा प्रतिभा हुन भन्दा फरक नपर्ला ।

अगाडिका यात्राको लागी शुभकामना सागर राज रिजाललाई । -सार्थक महरा

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी