बडिमालिका मन्दिर जाने क्रममा लेक लागेर वडा अध्यक्ष बोहराको मृत्यु

बडिमालिका मन्दिर जाने क्रममा लेक लागेर वडा अध्यक्ष बोहराको मृत्यु

  • आइतवार, साउन २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

अछाम, साउन २२ । अछामको मेल्लेख गाँपालिका वडा नम्बर–५ का वाडा अध्यक्ष रामबहादुर बोहराको बडिमालिका जाने क्रममा लेक लागेर मृत्यु भएको छ ।

सुदुरपश्चिमकै प्रशिद्ध धार्मिक तीर्थस्थल मानिएको बाजुरामा रहेको बडिमालिका मन्दिरमा साउन शुक्ल चतुर्दशीका दिन लाग्ने मेलामा दर्शनका लागि जाने क्रममा शनिबार उनको लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्थानीय निर्वाचनमा चुनाव जीते जनताको सहयोगमा तर बडीमालिका मन्दिर जाने क्रममा लागेको चिसो जीत्न सकेनन् र जीवन गुमाउन बाध्य भए उनी ।

मन्दिरस्थल पुग्न करिब डेढ÷दुई घण्टामात्र बाँकी रहने स्थान बाजुराको त्रिवेणी नगरपालिका–९ लौरी विनायाक भन्ने ठाउँमा उनको शनिबार राति ८ बजेतिर मृत्यु भएको थियो ।

मेल्लेख गाउँपालिकाबाट घटनास्थल दुइ÷तीन दिनको पैदल दुरीमा रहेकाले शव ल्याउनका लागि गृह मन्त्रालयसँग समन्वय गरी हेलिकेप्टरबाट ल्याउने तयारी भएको अछामका प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टले जानकारी दिए ।

दोस्रो चरणको स्थानीय निर्वाचनमा मेल्लेख गाउँपालिका वडा नम्वर ५ विन्दवासिनीका लागि कांग्रेसका तर्फबाट निर्वाचि भएका बोहरा समाजसेवामा समेत सक्रिय थिए ।

सशस्त्र प्रहरी बलमा हवल्दार पदमा काम गरिसकेको बोहरा द्वन्द्वकालमा घाईते भएपछि आरामका लागि भन्दै घर पठाइएका थिए । मृतकका दुई छोरा, एक छोरी र श्रीमती छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ