भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाल निर्वाचीत ,उपमेयरमा थापा

भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाल निर्वाचीत ,उपमेयरमा थापा

  • शनिबार, साउन २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.9K
    SHARES

भरतपुर साउन २१ । ४ महिना को विवाद पछि भरतपुर महानगरपालिकाको निर्वाचनबाट अन्ततः काग्रेस माओवादी गठबन्धनको तर्फबाट रेणु दाहाल मेयर बन्न सफल भएकी छन् ।
रेणुले एमाले राप्रपाका उम्मेद्धार देवी प्रसाद ज्ञवालीलाई २ सय ३ मतले हराउदै मेयर बन्न सफल भईन् ।

एमालेका देवी ज्ञवाली भन्दा २ सय ३ मत बढी प्राप्त गरी रेणु मेयरमा निर्वाचित भएकी हुन् ।  भरतपुर महानगरपालिकामा वैशाख ३१ गते पहिलो चरणमै निर्वाचन भएको थियो ।

तर मतगणनाका क्रममा जेठ १४ गते राती दलका प्रतिनिधिले वडा नम्बर १९ को गणनाका क्रममा मतपत्र च्यातलेपछि विवाद विवाद भइ सो वडामा साउन २० गते पुनः मतदान भएको थियो ।

पुनः मतदान गर्ने निवाचन आयोगको निर्णय विरुद्ध एमाले कार्यकर्ताले सर्वोच्चमा रिट हालेपछि फैसाल हुन लामो समय लागको थियो । सर्वोच्चले आयोगको निर्णयको पक्षमा फैसला सुनाएपछि १९ नम्बर वडामा पुनः मतदान गरिएको थियो ।

विवादका कारण बाँकी रहेको १९ मा पुनः मतदान गरेपछि १९ र २० नम्बर वडाको मतगणना गरिएको हो ।

यस्तै, उपप्रमुखमा पनि कांग्रेस–माओवादी गठबन्धन नै विजयी भएको छ । उपप्रमुखमा नेपाली कांग्रेसकी पार्वती शाह निर्वाचित भएकी हुन् ।

आइतबार विहान १० बजे भरतपुरको चौविसकोठीबाट विजयी र्याली निकाल्ने कार्यक्रम तय भएको माओवादी केन्द्रका नेताले जानकारी दिए ।

अहिले मेयर र उपमेयरलाई कार्यकर्ताहरुले टिका र माला लगाएर नाराबाजी गरेका छन् ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ