भरतपुर महानगरमा रेणुको जित सुनिश्चित : बधाई दिनेको ओइरो , गणनास्थल छोडेर हिड्न थाले एमाले प्रतिनिधि

भरतपुर महानगरमा रेणुको जित सुनिश्चित : बधाई दिनेको ओइरो , गणनास्थल छोडेर हिड्न थाले एमाले प्रतिनिधि

  • शनिबार, साउन २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.8K
    SHARES

२१ साउन ,चितवन । भरतपुर महानगरपालिकाको मेयरमा काँग्रेस-माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालको जित सुनिश्चित भएको छ ।

वडा नम्बर २० को मतगणना जारी छ । अाधा मत गन्न बाँकी रहँदा रेणुले अग्रता लिएकी छन् ।२१ सय मत गन्छ रेणु १ सय ५० मतले अगाडि छिन् । अब मात्रै १२ सय मत गणना गर्न बाकीँ छ । अब ज्ञवालीले अग्रता लिने सम्भावना छैन् ।

यसैबीच भरतपुर महानगरपालिकामा रेणुको अग्रता बढ्दै गएपछिबधाई दिन सुरु गरेका छन् ।
नजिकबाट प्रतिस्पर्धा भइरहँदा रेणुलाई बधाई दिनेको ओहिरो लागेको छ । मतगणनास्थल बाहिर रहेका माओवादी केन्द्रका एक जिल्ला नेताका अनुसार रेणुका शुभचिन्तक, आफन्त र पार्टीका नेता कार्यकर्ताहरुले बधाई दिन फोन गरेर बधाइ दिइरहेका छन् ।
मतान्तर ह्वात्तै घटेसँगै रेणुका बुबा तथा माओवादी केन्द्रका अध्‍यक्ष प्रचण्डले फोन गरेर बधाई दिएका छन् । ‘रेणु दिदीलाई अध्यक्ष कमरेडले फोन गरेरै बधाई दिनु भएको छ’ एक नेताले भने ।

एमालेका देवी ज्ञवालीको हार निश्चित देखेपछि एमाले नेता कार्यकर्ताहरुभने मतगणनास्थल छाडेर हिड्न थालेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ