१९ वडामा एमालेलाई ठूलै झट्का, मतान्तर घटाउँदै रेणु दाहाल : यस्तो छ ताजा अपडेट

१९ वडामा एमालेलाई ठूलै झट्का, मतान्तर घटाउँदै रेणु दाहाल : यस्तो छ ताजा अपडेट

  • शनिबार, साउन २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

२१ साउन,चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १९ मा एमालेलाई धक्का लागेको छ । पूरै प्यानलसहित वडा अध्यक्षमा काँग्रेसका कर्णवहादुर गुरुङ विजयी भएका छन् ।

मतपत्र च्यातेपछि शुक्रबार पुनः मतदान भएको उक्त वडामा एमालेले पहिलेको भन्दा भोट थपिने अपेक्षा गरेको थियो तर अवस्था त्यसको उल्टो भएको छ ।

काँग्रेसले पूरै प्यानल जितेको छ भने रेणुले मतान्तरलाई निकै घटाएकी छन् । वडा नम्बर १९ गणना सकिँदासम्म २ सय २१ मतले एमाले अगाडि छ । देवी ज्ञवालीले ४१ हजार ९ सय ४६ मत पाएका छन् भने प्रतिस्पर्धी नेकपा माओवादी केन्दकी उम्मेदवार रेणु दाहालले ४१ हजार ७ सय २५ मत ल्याएकी छिन्। ज्ञवाली मात्र २२१ मतले अगाडि छन् ।

 निर्वाचन कार्यालयका अनुसार अब २० नम्बर वडाको मत गणना सुरु भइसकेको छ । रेणुले १९ मा पाएको जस्तै मत २० मा पाइन् भने जित्‍न देखिन्छ भने ज्ञवालीको जित सुनिश्चित हुनलाई ठूलै चमात्कार गर्नु पर्ने देखिन्छ ।

यसैबीच १९ नम्बरमा कम मत अाएपछि एमाले अध्यक्ष केपी ओलीले ज्ञवालीलाई फोन गरेर जानकारी लिएका छन् । ओली निकट स्रोतका अनुसार ओलीले ज्ञवाली र मतगणनास्थलमा रहेका नेताहरुलाई पटक पटक फोन गरेर जानकारी लिइरहेका छन् । २० नम्बरमा पनि यस्तै मत अाए एमालेले जस्तोसुकै निर्णय गर्न तयारीमा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ