पछिल्लो मतपरिणाम : भरतपुर महानगरमा रेणु दाहालभन्दा देबी ज्ञवाली २२१ मतले अगाडि

पछिल्लो मतपरिणाम : भरतपुर महानगरमा रेणु दाहालभन्दा देबी ज्ञवाली २२१ मतले अगाडि

  • शनिबार, साउन २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

चितवन , २१ साउन ।
भरतपुर महानगरपालिका वडा नं १९ मा भएको निर्वाचनको मतगणना जारी छ । मतपरिणाम अनुसार नेकपा एमालेका देवी ज्ञवाली कांग्रेस माओवादी गठबन्धनका उमेदवार रेणु दाहाल भन्दा २ सय २१ मतले अघि हुनुहुन्छ ।

ज्ञवालीले ४१ हजार ९ सय ४६ मत पाउनु भएको छ भने दाहालले ४१ हजार ७ सय २५ मत प्राप्त गर्नुभएको छ । अब वडा नं २० मत गन्न बाँकी छ । गत वैशाख ३१ मा भएको निर्वाचनमा २० नम्बर वडामा ३ हजार ३ सय ३ मत खसेको थियो ।

यसैबीच महानगरको १९ नम्बर वडामा नेपाली कांग्रेसका कर्णबहादुर गुरुङ प्यानलसहित विजयी हुनु भएको छ । महानगरको उपमेयरमा कांग्रसका पार्वती शाह ४५ हजार १ सय ४० मतसहित शिर्ष स्थानमा हुनुहुन्छ भने एमालेकी दिव्य आचार्यले ३८ हजार ३ सय ३८ मतसहित पछ्याइरहनु भएको छ ।

आज राती अबेरसम्म अन्तिम मतपरिणाम सार्वजनिक गर्ने तयारी रहेको मुख्य निर्वाचन अधिकृत कवि प्रसाद न्यौपानेले बताउनुभयो । भरतपुरको कर्भड हलमा जारी मतगणना स्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

मतगणना स्थलमा ३ वटा सिसि टिभी क्यामरा जडान गरिएको छ भने तार जाली लगाएर गणक र पार्टी प्रतिनिधिलाई छुट्ट्याएर राखिएको छ । भरतपुरका २९ वटा वडामध्ये २७ वटा वडाको परिणाम आइसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ