भरतपुर महानगरको पछिल्लो मतपरिणम : रेणु र ज्ञवालीको मतान्तर घटेर ४१७ पुग्यो

भरतपुर महानगरको पछिल्लो मतपरिणम : रेणु र ज्ञवालीको मतान्तर घटेर ४१७ पुग्यो

  • शनिबार, साउन २१, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

चितवन , २१ साउन ।

भरतपुर महानगरपालिकाको १९ नम्बर वडामा पुनः मतदानपछि अहिले मतगणना भईरहेको छ ।

हालसम्म २००७ मत गणना भईसक्दा एमालेका मेयर उम्मेदवार देवी ज्ञवाली र नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालबीचको घटेर मतान्तर ४ सय १७ मा पुगेको छ ।

आज बिहान सार्वजनिक पछिल्लो मतपरिणम अनुसार ज्ञवालीले ४१ हजार ६ सय ६९ मत ल्याउनु भएको छ । भने काग्रेस माओवादी गठाबन्धनकी उम्मेदवार रेणुले ४१ हजार २५२ मत प्राप्त गर्नुभएको छ ।

यस्तै उपमेयरमा भने कांग्रसकी पार्वती शाहले ४५ हजार १ सय ४० र एमालेकी दिव्य आचार्यले ३८ हजार ३ सय ३८ मत पाउनुभएको छ ।

३ हजार ७ सय ९७ मतदाता रहेको वडा नम्बर १९ मा शुक्रबार २ हजार ८ सय ७० मत खसेको छ । अघिल्लोपटक २ हजार८ सय ९७ मत खसेको थियो ।

भरतपुरका २९ वटा वडामध्ये २७ वटा वडाको परिणाम आइसकेको छ ।

चारवटा समूह विभाजन गरेर कडा सुरक्षाव्यवस्थाबीच राति साढे १० बजेबाट मतगणना जारीे छ । स्वतन्त्र उम्मेदवार तथा राजनीतिक दलका प्रतिनिधिलाई तारजालीभित्र राखिएको छ ।

गत १४ जेठको मतदानपछि १९ नम्बर वडाको मतगणना भइरहँदा मतपत्र च्यात्ने घटना भएपछि १९ नम्बर वडामा पुनः मतदान भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ