राजपा चुनावमा आउछ : प्रधानमन्त्री देउवा

राजपा चुनावमा आउछ : प्रधानमन्त्री देउवा

  • शुक्रबार, साउन २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

जनकपुरधाम, २० साउन ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय जनता पार्टी (राजपा) चुनावमा सहभागी हुने विश्वास व्यक्त गर्नुभएको छ ।

जनकपुरधाममा आज पत्रकारहरूसँग कुराकानी गर्दै उहाँले मधेशका मुद्दाको सम्बोधन क्रमशः हुँदै गएकाले राजपालाई चुनावमा जान वातावरण बनेको बताउनुभयो ।

नेपाली काग्रेसका सभापति समेत रहनुभएका प्रधानमन्त्री देउवाले काँगे्रस संविधान संशोधन विधेयकलाई पारित गराउन अग्रसर रहेको बताउनुभयो ।

तर संविधान संशोधनमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी बाधक देखिएको उहाँको भनाई छ ।

प्रधानमन्त्री देउवाले एशियाली विकास बैंकको आयोजनाअन्तर्गत जनकपुरमा भइरहेको सडक र ढल निर्माण कार्यमा सहयोग गर्न जनकपुरवासीसँग आग्रह गर्नुभयो ।

निर्वाचनमा नेकपा माओवादी केन्द्रलगायत इच्छुक दलसँग काँगे्रस तालमेल गर्ने पक्षमा रहेको पनि उहाँले स्पष्ट गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ