नेपाल–चीन नाका खोल्न सांसदद्वारा माग

नेपाल–चीन नाका खोल्न सांसदद्वारा माग

  • बिहिबार, साउन १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

 

काठमाडौँ, १९ साउन । दोलखा जिल्लाको लामाबगरबाट चीन प्रवेश गर्ने लामाबगर–लप्ची–लुमनान,थासिङ–झाखिगान्कुन सडकमार्ग नाका खोल्न दोलखाका तीन जना सांसदले माग गरेका छन् । सांसद पशुपति चौलागाईं, आनन्दप्रसाद पोखरेल र पार्वत गुरुङले आज उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई भेटेर सो सम्बन्धी मागपत्र बुझाउनुभएको हो ।

मागपत्रमा लामामगरबाट चीन प्रवेश गर्ने सो सडकमार्ग जम्मा ४६ किलोमिटर मात्र हुने, यो मार्ग सञ्चालनमा आएपछि काठमाडौँको दूरी छोटो हुने र सिन्धुली–बर्दिवास–जलेश्वर मार्ग २२० किमीमा भारतसंग जोड्न सकिने छोटो मार्ग हुने भएको यो मार्ग खोल्नुपर्ने उल्लेख छ ।

अहिले सञ्चालनमा रहेका तातोपानी र केरुङ नाकाभन्दा पनि भौगोलिकरुपमा सुरक्षित भएको हुँदा चीन सरकारका उपप्रधानमन्त्रीको नेपाल भ्रमणका समयमा यो नाका खोल्न र सडक निर्माण प्रक्रियालाई प्राथमिकताका साथ राख्न माग गरिएको पूर्वमन्त्री तथा सांसद पोखरेलले जानकारी दिनुभयो ।

सो अवसरमा उपप्रधानमन्त्री महराले यो विषयलाई आफूले गम्भीरतापूर्वक लिएको र चीनका उपप्रधानमन्त्री नेपाल भ्रमणमा आएका बेलामा कार्यसूची बनाएर यसलाई प्राथमिकताका साथ राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

दोलखाका तीनै जना सांसदले सोही माग आजै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पनि बुझाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ