कमल सरगम
काठमाण्डौ।
यो बर्ष धेरै चलचित्रहरु प्रतिष्पर्धामा छन।केहि आसागरेका चलचित्रहरुले सोचे भन्दा दोब्बर ब्यापार गर्यो भने केहि चलचित्रले आम्सिक त् केहिले उल्टो भार बेहोरिरहेको छ।यसै बिचमा दर्शकको माझमा बिगत ८ वर्ष अगाडी अत्यन्तै रुचाइएको जोडी आर्यन र रेखा फेरी एकै पर्दामा देख्न पाईने भएको छ।यसै क्रममा हिजोमात्रै रिलिज“रुद्रप्रिया”को पहिलो गीत “रुमाल चिनो”दर्शकको आँखामा पहिलो रोजाई बन्न सकेको छ।आर्यन र रेखाको मुख्य भूमिका रहेको यस गीतलाइ एकै दिनमा एति धेरै दर्शकले रुचाएको भन्दै रेखाले खुसि व्यक्त गरेकी छिन।रेखा फ्लिम्सबाटनै डेब्यु गरेका आर्यन र रेखाको जोडी एक समय खुब रुचाए दर्शकले।कतिले एउटा चकलेटी जोडीको रुपमा यी दूईलाई लिए भने कतिले दर्शकलाइ धेरै रूहाउने जोडीको रुपमा लिए ।एकाएक आपसी बिबादमा छुट्टीएका यी जोडीलाइ फेरी “रुद्रप्रिया”मा देख्न सकिने भएको छ ।कार्तिक २ गते लक्ष्मीपुजाको दिनबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रमा मुख्य भूमिकामा रेखा थापा र आर्यन सिक्देल र राजन इसानलाइ देख्न सकिन्छ।रेखा फ्लिम्सको ब्यानरमा तयार भएको चलचित्रको निर्माता भने रेखा थापाकै आमा सरस्वती थापाले गरेकि हुन् ।रमेश एम.के पौडेल कार्यकारी निर्माता रहेको चलचित्रको निर्देशन भने सुदिप भुपाल सिंह हुन् ।आजबाट रिलिज गीतको संगीत तथा शब्द राजन राज सिवाकोटीले गरेका छन भने स्वर मेलिना राई र राजनराज सिवाकोटीले गरेका छन ।नृत्य निर्देशकमा प्रभिन सिंहले यसै चलचित्रबाट निर्देशन पाटोमा डेब्यु गरेका छन ।
पुन :भिडियो हेर्नुहोस
[youtube https://www.youtube.com/watch?v=TgluZSvoScc]