जापान जाने फुटवल टोलीको घोषणा

जापान जाने फुटवल टोलीको घोषणा

  • बुधबार, साउन १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

साउन १८ काठमाण्डौं । नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक ग्योतोकु कोजीले मंगलबार जापान भ्रमण जाने टिमको नाम घोषणा गरेका छन्। टिम २४ सदस्यीय रहेको छ। यसका अधिकांस सदस्य यमनविरुद्ध एसिया कप छनोट खेल्ने खेलाडी छन्। एसिया कप छनोटमै ताजकिस्तानविरुद्ध हुने खेलको तयारीका रूपमा टिम जापान जान लागेको हो।

नेपालले जापानमा ५ खेल खेल्नेछ। पहिलो खेल अगस्ट १३ मा गाम्बा ओसाका यू–२३ टिमविरुद्ध छ। भ्रमण १० दिनको हुनेछ। घोषित टिम सदस्यमा विकेश कुथु, विशाल श्रेष्ठ, एलन न्यौपाने, विराज महर्जन, अनन्त तामाङ, विमल बस्नेत, देवेन्द्र तामाङ, जितेन्द्र कार्की, कमल श्रेष्ठ, राजेन्द्र रावल, दिनेश राजवंशी र मानबहादुर तामाङ छन्।

त्यस्तै विक्रम लामा, हेमन गुरुङ, विशाल राई, सुजल श्रेष्ठ, अन्जन विष्ट, हेमन्त थापामगर, सुनील बल, अनिल गुरुङ, भरत खवास, विमल घर्तीमगर र सुमन लामा पनि टोलीमा छन्। टिम व्यवस्थापकमा विराटजंग शाही र प्रशिक्षकमा राजुकाजी शाक्य छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी