काठमाडौं, साउन १८।
त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा कार्यरत आवासीय चिकित्सकहरुले आज देखि अस्पतालको बहिरंग सेवा ओपीडी बहिष्कार गर्ने भएका छन् । उनीहरुले ओपिडी लगायत पठनपाठन सम्बन्धी कुनै पनि शैक्षिक कार्यक्रममा सरिक नहुने बताएका छन् ।
त्रिवि शिक्षण अस्पतालका बरिष्ठ चिकित्सक प्रा डा गोविन्द केसी आमरण अनसनमा बस्नु भएको १० औ दिन भइ सक्दा पनि सरकार पक्ष गम्भिर नभएकाले आफूहरुले ओपिडी सेवा बहिष्कार गर्नु परेको नेपाल रेजिडेन्ट डाक्टर्स एसोसिएसनका अध्यक्ष डा कश्यप श्रेष्ठले बताउनु भयो ।
चिकित्सा शिक्षा विधेृयक पारित गर्नु पर्ने लगायतका विभिन्न माग राख्दै आमरण अनसन अनशनमा बस्नु भएको डा केसीको स्वास्थ्य अवस्था विग्रीदै गएको छ ।
चिकित्सा शिक्षा सुधारको माग राख्दै ११ औ पटक आमरण अनसन बस्नु भएका डा केसीको अनसन आज १० औ दिन पनि जारी छ । डा केसीको माग संबोधनका लागि भन्दै सरकार पक्ष र डा केसी पक्ष विच भएको पाचौ पटक को वार्ता पनि निष्कर्ष विहीन भएको थियो ।
सरकारी पक्ष र डा केसीका पक्ष विच आज पनि वार्ता हुने भनिए पनि सहमति जुट्ने सम्भावना भने न्यून रहेको छ ।