आज बसेको सर्वदलीय बैठकले यस्तो सहमति गरेको मुख्य निर्वाचन कार्यालय चितवनले जनाएको छ । कार्यालयका सहायक मतदान अधिकृत गम्भीर घिमिरेका अनुसार निर्वाचनको भोलिदेखि मौन अवधि सुरु हुनेछ । निर्वाचनका लागि आवश्यक जनशक्ति तयार रहेको उहाँले जानकारी दिनुभयो ।
गत वैशाख ३१ गते भएको निर्वाचनको मतगणना जारी रहेका बेला जेठ १४ गते राति मतपत्र च्यातिएपछि त्यहाँको मतगणना स्थगित भएको थियो । यही साउन १५ गते सर्वोच्च अदालतले उक्त वडामा पुनः मतदान गर्न आदेश दिएपछि निर्वाचनको बाटो खुलेको हो ।
यसैबीच उक्त वडाको विवादित मतपत्र आजै जलाएर नष्ट गरिएको छ ।बैठकमा पनि नेकपा एमाले पेलानमा परेको छ । उसले २१ गते चुनाव गराउन प्रस्ताव गरेको थियो भने कांग्रेस, माओवादी केन्द्रलगायत दलका प्रतिनिधिहरुले २० गते प्रस्ताव गरेका थिए ।
छलफलपछि मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले २० गते नै चुनाव गराउने निर्णय भएको जानकारी गराएका थिए ।निर्वाचनको लागि आजैबाट शून्य समय सुरु भएको छ ।