काठमाण्डौ ,१७ साउन ।
नेकपा माओवादी केन्द्रले आसन्न तेस्रो चरणको स्थानीय तहको निार्वचनमा मधेसकेन्द्रित दलसँग तालमेल गर्ने निर्णय गरेको छ ।
जनकपुरमा आज बिहान बसेको माओवादीको सचिवालय बैठकले असोज २ गते हुने प्रदेश नम्बर २ को निर्वाचनमा संघिय लोकतान्त्रिक गणतन्त्रका पक्षधर दलहरुसँग तालमेल गरि निर्वाचनमा सहभागी हुने निर्णय गरेको हो ।
बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष पुष्पकमल दाहालले संघिय समाजबादी फोरम र फोरम लोकतान्त्रिकसँग चुनावबी तालमेल गर्ने सहमती भएके जानकारी दिनुभयो ।
निर्वाचनमा अन्य दलहरुसँग पनि तालमेलका लागि ढोका खुल्ला राखिएको उहाँले बताउनु भयो ।
दुई नम्बर प्रदेशमा माओवादी केन्द्रको पहिलो पार्टी बन्ने दाबी गर्दै सबै कार्यकर्तालाई एकजुट भएर लाग्न पनि निर्देशन दिनुभयो ।
उहाँले असोज २ गते हुने तेस्रो चरणको निर्वाचन कुनैपनि हालतमा नसर्ने पनि उहाँको दाबी छ ।
यस्तै अध्यक्ष प्रचण्डले जनकपुरलाई महानगर बनाउन पहल गर्ने आश्वासन समेत दिनुभयो । उहाले जनकपुर विमानस्थलाई स्तरोन्नती गरेर अन्तराष्ट्रिय विमानस्थल बनाउन पहल गर्ने समेत बताउनु भएको छ ।