काठमाडौँ, १६ साउन ।
‘स्थानीय तहको शासन सञ्चालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि आजबाट दफावार छलफल सुरु हुदैँ छ ।
संददको विकास समितिले गठन गरेको सात सदस्यीय उपसमितिमा आजबाट विधेयकमाथि दफावार छलफल हुने समितिका सभापति रवीन्द्र अधिकारीले जानकारी दिनुभयो ।
यसअघि हिजोको समिति बैठकले विधेयकमाथिको सैद्धान्तिक छलफल सकिएपछि दफावार छलफलका लागि सात सदस्यीय उपसमिति गठन गरेको थियो ।
काग्रेस सांसद रामचन्द्र पोखरेल संयोजक रहेको उपसमितिले दफावार छलफल सकेर पाच दिन भित्र प्रतिवेदन तयार पारि समितिलाई बुझाउने छ । समितिमा पेश भएके प्रतिवेदनलाई पुर्ण छलफलमा लगिने छ । छलफलबाट पारित भएको प्रतिवेदनलाई संसदमा लगिने छ ।
स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि आउनुअघि नै पारित गर्नुपर्ने विधेयकमाथि पअिलो र दोस्रो चरणको निर्वाचन सम्पन्न भईसकेपछि छलफल हुन लागेको हो ।