पहिलोपटक सिन्धुली आइडल –२०७४ को अडिसन रातमाटामा शुरु

पहिलोपटक सिन्धुली आइडल –२०७४ को अडिसन रातमाटामा शुरु

  • मङ्लबार, साउन १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

सिन्धुली , १७ साउन ।

हरेक व्यक्तिमा भएको क्षमतालाई उजागर गर्दै जिल्लाको प्रतिभालाई राष्ट्रिय रुपमा रुपान्तरण गर्ने उदेश्यका साथ जिल्लामै पहिलोपटक सिन्धुली आइडल –२०७४ को अडिसन सिन्धुलीको रातमाटा-०६ मा शुरु भएको छ।  प्रिन्स राज को निर्देशनमा सञ्चालन भएको सिन्धुली आईडल-२०७४ को उद्घाटन तथा अडिसन जेठ १०  गते शुरु गरिएको थियो। नृत्य र गायन विधामा आफुमा भएको क्षमता प्रस्फोटन गर्नका लागि सुनौलो अवसरका रुपमा लिइएको सिन्धुली आईडलमा करिब १५० जना प्रतियोगिले भाग लिएका थिए।   जिल्लाका स्थानिय सानो ठुलो सबै उमेर समुहका प्रतियोगिले भाग लिन पाउने आईडलमा नृत्य र गायनमा वरावरि जस्तै प्रतियोगी रहेको प्रिन्सराजले वताए ।

सिन्धुली आईडलमा  प्रतिस्पर्धीहरुको छनौट उत्कृष्ट ५०  हुदै भोटिङ्ग र प्रदर्शनको आधारमा उत्कृष्ट २५  वाट २०  हुँदै , २० बाट १५ हुँदै अहिले  उत्कृष्ट  १०  प्रतिस्पर्धीको छनौट भएको   छ  । उत्कृष्ट २५ लाई गायक   जीतु  श्रेष्ठ  को  हित गीत    “DhukChuk” मा कभर अडियो र  भिडियो  हुँदै  छ।   सिन्धुली आईडलको विजेता एक जना हुने कुरा थियो    तर  गायन र  नृत्य पक्ष  मा उत्तिकै  अब्बल प्रतिस्पर्धी  भएको करण   ले  बिजेता   दुई  जना   हुने निर्णय    खुल्न  आएको  छ। दुबै  बिधालाई  रु ६५००० – ६५००० नगत तथा विजेतालाई आफ्नै एकल गीत र भिडियो IDOL ले बनाइदिने छ। साथ साथै  खुल्न  बाँकी  धेरै  आश्चर्यजनक गिफ्ट र सुनौला मौकाहरु  रहेको  कुरा  प्रिन्स राज ले  जानकारी दिनु भयो  ।

नयाँ  प्रतिभालाई  यस्तो ठुलो मञ्च पहिलो पटक  पाएको  हो  सिन्धुलीले, यस्को श्रेय  Rapper   प्रिन्स राज लाई  जान्छ। अहिले  को  परिस्थिती  अनुरूप   जुन कदम  प्रिन्स राज ले   लिएका  छन् , त्यो  अनुरूप  उनी  सिन्धुलीका नयाँ प्रतिभाका गड फादर  जस्तै  साबित भएका  छन् ।  अत्यन्त कडा र मेहनतका साथ आफ्नो प्रस्तुती प्रस्तुत गरिरहेका प्रतियोगीताको निर्णायकमा चर्चीत गाएक मिलन सुर्खेती, गायिका तथा मोडल बविता शर्मा र संञ्जय वलम्पाकी मगर रहेका छन । सुन्नुमा आएको  छ, निर्णयक  हरु  को  न्याय एकदम  अब्बल  र  परस्पर  रहेको  छ  ।

 सिन्धुली आईडल २०७४ को मुख्य प्रायोजक सिद्घस्थली ईङ्गलिस वोर्डिङ्ग स्कुल, शिद्धवावा ईङ्गलिस वोर्डिङ्ग स्कुल, समाजसेवी सम्झना अधिकारी र Plan  Academy रहेका छन् । त्यस्तै, कार्यक्रम सन्चालन हुनुमा  बिशेष सहयोग  MSV EVENTS, BAP ANGELS र CHAN Goals को  रहेको  छ।  बिशेष  सहयोगी   हातहरु  सरोज वि.क, गायक  ब्रिजेश श्रेष्ठ , मनिष  कार्की  , बिशाल  बिक्रम थापा , सुमन  कार्की  (Australia), सुमन  भण्डारी  (Dubai), र बिनायक होटल को  रहेको  छ  ।
कार्यक्रममा प्रतिस्पर्धीहरुको डान्स कोरियोग्राफी अजय माझी र सन्तोस नेपालीले  गरिरहनु  भएको  छ। कोरियोग्राफरहरुको कोरियोग्राफी अत्यन्त अब्बल रहेको  जानकारी  प्रिन्स राजले दिनु भयो  ।   कार्यक्रममा हरेक हफ्ता नेपालका चर्चित कलाकारहरुको उपस्थिति रहदै आएको छ। जस्तै गाएक सपन श्रेष्ठ तथा हट्टि नट्टि अनुप जस्ले विजेतालाई रु १० हजार नगद उपहार दिने वचन दिएका छन्।
गत श्रावण १० गते नायिका सुष्मा कार्की तथा महान समाजसेवी श्री उज्ज्वल विक्रम थापाको उपस्थिति रहेको थियो। माननिय श्री उज्ज्वल जी ले हरेक विजेतालाई प्रोत्साहन कदर सरह विजेतालाई रु २५-२५ हजार प्रदान गर्ने घोषणा गर्नु भएको छ।  सिन्धुली आइडलको  फाईनल यही भाद्र ३ गते, शनिवार हुन  गैरहेको छ।   स्थानिय प्रतिभा संस्कृतिको रक्षा, संवद्र्धन, जगेर्नाका साथै सवाङ्गीर्ण विकास गर्ने उद्देश्यले आयोजना गरेको सिन्धुली आइडल –२०७४ को सफलताको लागि सिन्धुद्रवासी तथा सबैले आ–आफ्नो क्षेत्रवाट सहयोग गर्नु भएको जानकारी आयोजकले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी