काँग्रेस नेता केसीको निर्देशन : भरतपुर महानगरको चुनावमा बेईमानी नगर्नु

काँग्रेस नेता केसीको निर्देशन : भरतपुर महानगरको चुनावमा बेईमानी नगर्नु

  • सोमवार, साउन १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

 

चितवन, १६ साउन । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले चितवनको भरतपुर महानगरपालिका वडा नं १९को चुनावी प्रक्रियामा पार्टीको निर्णयअनुसार अघि बढ्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

चितवनको भरतपुर विमानस्थलमा नेपाल प्रेस युनियन चितवन शाखले आज आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले पार्टीको निर्णयअनुसार कार्यकर्तालाई परिचालित हुन भन्नुभएको हो ।

नेता केसीले लोकतान्त्रिक पार्टीमा केही मतभेदहरु हुने भए पनि पार्टीको संस्थागत निर्णय अनुसार सबै चल्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

व्यक्तिगत भेटघाटको सिलसिलामा चितवन आउनुभएका उहाँले पत्रकार सामु भन्नुभयो, “भर्खरै सर्वाेच्च अदालतको निर्णय आएको छ, सो निर्णयलाई सबैले शिरोधार्य गरेर अघि बढ्नुपर्छ, नेपाली काँग्रेस स्वतन्त्र न्यायपालिकाको पक्षमा छ ।”

नेता केसीले एमालेलाई सहजीकरण गर्न र माओवादीलाई शान्तिपूर्ण तथा लोकतान्त्रिक प्रक्रियामा ल्याउन काँग्रेसले महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि बताउनुभयो ।

पार्टी भित्रको कमजोरीलाई विश्लेषण गरेर सुधार्नुपर्ने, स्थानीय निकायको निर्वाचनको परिणामलाई चिन्तन गरेर अगाडि बढ्न सक्नुपर्ने र अझै दुईवटा निर्वाचन बाँकी रहेकाले पार्टीको एकता मजबुत पार्नुपर्नेमा नेता केसीले जोड दिनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ