अदालतको फैसला त्रुटिपूर्ण र दुर्भाग्यपूर्ण : एमाले , माओवादी केन्द्रले गर्यो स्वागत

अदालतको फैसला त्रुटिपूर्ण र दुर्भाग्यपूर्ण : एमाले , माओवादी केन्द्रले गर्यो स्वागत

  • सोमवार, साउन १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

चितवन, १६ साउन । स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)का तर्फबाट चितवनको भरतपुर महानगरपालिकाको प्रमुखका उम्मेदवार बन्नुभएका देवी ज्ञवालीले सर्वाेच्च अदालतको निर्णय त्रुटिपूर्ण र दुर्भाग्यपूर्ण भएको प्रतिक्रिया दिनुभएको छ ।

निर्वाचन आयोगको पुनः मतदान गराउने निर्णयको सर्वाेच्चले सदर गरेपछि रासससँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, “अदालतको निर्णय मान्दिन भन्न भएन । मान्नै पर्छ, तर यो निर्णय त्रुटिपूर्ण छ र दुर्भाग्यपूर्ण छ ।” उहाँले अब जनतामा गएर विजयी हुने दाबीसमेत गर्नुभयो । उहाँले भन्नुभयो, “अदालतको निर्णयलाई मान्दै जनतामा गई जनताबाट पुनः निर्वाचित भएर आउने कोशिस गर्छु ।”
यस्तै नेकपा (माओवादी केन्द्र)का तर्फबाट भरतपुर महानगरपालिकाको प्रमुखका उम्मेदवार रेणु दाहालले सर्वोच्च अदालतको फैसला स्वागतयोग्य भएको प्रतिक्रिया दिनुभएको छ । उहाँले फैसलाले जनताको अभिमतको कदर गरेको र जनताको पक्षमा फैसला भएको बताउनुभयो । उहाँले भन्नुभयो, “कानुनलाई सर्वोपरी ठान्ने व्यक्तिको नाताले यो निर्णय सहर्स स्वीकार्दै सम्मान र स्वागत गर्दछु ।”

चितवनको भरतपुर महानगरपालिकाको वडा नं १९ को मतगणनाका क्रममा गत जेठ १४ गते राति मतपत्र च्यातिएपछि मतगणना स्थगित भएको थियो । उक्त वडामा निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेपछि सोही वडाका एमालेका वडा सदस्यका उम्मेदवार गुञ्जमान विक र अधिवक्ता तुलसी पाण्डेले आयोगको निर्णय विरुद्ध सर्वाेच्चमा मुद्धा दायर गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ