राष्ट्रिय स्क्वास प्रतियोगिता मंगलबारदेखि 

राष्ट्रिय स्क्वास प्रतियोगिता मंगलबारदेखि 

  • सोमवार, साउन १६, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौँ, १६ साउन । नेपाल स्क्वास तथा राकेट्स सङ्घको आयोजनामा दोस्रो धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता हुने भएको छ ।
यही साउन १७ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको खेल सातदोबाटोस्थित सङ्घको एकेडेमीमा हुने आज यहाँ आयोजित पत्रकारसम्मेलनमा आयोजक सङ्घका अध्यक्ष किशोर महर्जनले जानकारी दिनुभयो ।
प्रतियोगितामा मास्टर ४५ वर्षदेखि ५४ वर्ष उमेर समूहको भेट्रान, पुरुष खुला, महिला खुला, भेट्रान ५५ वर्षभन्दा माथि, जुनियर १९ वर्षमुनि छात्र (यु–१९), जुनियर यु–१५ छात्र र प्लेट च्याम्पियनसिप गरी सात विधामा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताअन्तर्गत पुरुष खुलाको विजेताले रु १९ हजार तथा उपविजेताले रु १० हजार पुरस्कार प्राप्त गर्नेछन् । तेस्रो हुने दुईजना खेलाडीले जनही रु चार हजार पाउनेछन् । महिला खुलामा पहिलो हुनेले रु ११ हजार, दोस्रो हुनेले रु पाँच हजार तथा तेस्रो हुनेले रु तीन हजार पुरस्कार पाउनेछन् ।
यु–१९ उमेर समूहका विजेता खेलाडले रु ६ हजार पुरस्कार पाउनेछन भने यु–१५ को विजेताले रु चार हजार पाउनेछन् । दुवै विधाका उपविजेता र तेस्रो हुने खेलाडीले क्रमशः रु तीन हजार र एक हजार ५०० प्राप्त गर्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ