काठमाडौं ,१५ साउन ।
व्यवस्थापिका-संसद्ले प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनका लागि तयार भएको विधेयक राज्यव्यवस्था समितिमा दफावार छलफलका लागि पठाएको छ।
संसद्को आजको बैठकले गृहमन्त्री जनार्दन शर्माले प्रस्तुत गर्नुभएको ‘प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयक, २०७४’ र ‘प्रदेशसभा सदस्य निर्वाचन विधेयक, २०७४’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो।
राज्य व्यवस्था समितिमा ती दुई विधेयकलाई थप परिमार्जन र परिष्कृत गरिनेछ। सांसदले दर्ता गराएको संशोधन प्रस्तावलाई समेत आवश्यक छलफल गरी निष्कर्षमा पुर्याइनेछ। सो विधेयकमाथि हालसम्म एक दर्जनभन्दा बढी संशोधन प्रस्ताव दर्ता भएका छन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline