भारतले श्रीलंकालाई ३०४ रनले हरायो

भारतले श्रीलंकालाई ३०४ रनले हरायो

  • शनिबार, साउन १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाडौं १४ साउन ।

भारतले श्रीलंकाविरुद्धको पहिलो टेष्ट ३०४ रनको फराकिलो अन्तरले जितेको छ । यससँगै ३ म्याचको सिरिजमा भारतले १ –० को अग्रता लिएको छ ।

भारतले पहिलो पारीमा ६०० रनको विशाल स्कोर बनाएको थियो र दोस्रो पारी ३ विकेटको क्षतिमा २४० रन बनाएर अन्त्य भएको घोषणा गरेको थियो ।

पाहुना टोली श्रीलंकाले पहिलो पारीमा मात्र २९१ रन बनाउन सक्यो । र, दोस्रो पारीमा ५५० रनको विशाल लक्ष्य पाएको श्रीलंकाली टोली २४५ रनमा समेटियो ।

खेलमा श्रीलंका फलोअनबाट बच्न सकेन । तर, भारतीय कप्तान विराट कोहलीले फओलन खेलाएनन् । कोहलीले दोस्रो पारीमा १०३ रन बनाए, जुन उनको १७ औं शतक हो ।

दोस्रो पारीमा श्रीलंकाली ब्याट्सयानहरु भारतीय स्पिनरसामू निरिह देखिए । उसका एम करुणरत्ने र एन दिकवेलाले एक हदसम्म संघर्ष गरे । दुबैले पाँचौं विकेटका लागि १०१ रनको साझेदारी गरे ।

आर अश्विन र रविन्द्र जडेजाले ३–३ विकेट लिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ