नेपाली टोलीले जापानमा रहँदा पाँचओटा मैत्रीपूर्ण खेल खेल्ने

नेपाली टोलीले जापानमा रहँदा पाँचओटा मैत्रीपूर्ण खेल खेल्ने

  • शनिबार, साउन १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौं, साउन १४ ।

साउन अन्तिम साता जापान जान लागेको नेपाली राष्ट्रिय फुटबल टोलीले स्थानीय टोलीहरुसँग पाँचओटा मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

एसियन कप छनोटअन्तर्गत् ताजकिस्तानविरुद्धको खेलको तयारीमा रहेको नेपाली टोली १० दिने जापान भ्रमणमा जान लागेको हो ।

सो क्रममा जापानका विश्वविद्यालय, क्लब र उमेर समूहका टोलीहरुसँग पाँचओटा मैत्रीपूर्ण खेल खेल्ने तयारी भएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

नेपाली टोलीका प्रमुख प्रशिक्षक ग्योतोकु कोजीले एसियन कप छनोटअन्तर्गत् ताजकिस्तानविरुद्धको खेलका लागि यतिबेला २९ खेलाडीलाई प्रशिक्षण दिइरहेका छन् । प्रशिक्षणमा रहेका २९ मध्ये २४ खेलाडी जापान जाने एन्फाको भनाइ छ ।

एसियन कप छनोटअन्तर्गत् तेस्रो खेलमा नेपालले आगामी भदौमा ताजकिस्तानसँग खेल्दैछ ।

पहिलो खेलमा फिलिपिन्ससँग पराजय तथा दोस्रो खेलमा यमनसँग गोलरहित बराबरी खेलेको नेपालले घरेलु मैदानमा हुने ताजकिस्तानविरुद्धको खेलका लागि जापानबाट फर्किएपछि अन्तिम टोली सार्वजनिक गर्ने प्रशिक्षक ग्योतोकु कोजीको भनाइ छ ।

नेपाली टोली यही साउन २९ गते जापान प्रस्थान गर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ