प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान

  • शनिबार, साउन १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

काठमाडौ, १४ साउन ।
निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि ३० दिनभित्र दल दर्ता गर्न राजनितिक दलसँग आह्वान गरेको छ ।

आयोगले आज सूचना जारी गर्दै दल दर्ताका लागि आगामी भदौ ११ गते सम्मको समयसीमा तोकेको छ । संविधानको धारा २७१ अनुसार राजनीतिक दलको रूपमा चुनावका लागि मान्यता प्राप्त गर्न दर्ता गराउनुपर्ने संवैधानिक व्यवस्था छ ।

आगामी माघ ७ गतेभित्र हुने भनिएको प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुन चाहने राजनीतिक दलले आयोगमा फेरि दल दर्ता गराउनु पर्नेछ ।

आयोगले दल दर्ताका लागि गत आर्थिक बर्षको आय ब्यय सहितको प्रतिवेदन, चुनावमा भाग लिने जिल्ला, दलको झण्डा, चुनाव चिन्ह निवेदनका साथ आयोगमा बुझाउनुपर्ने जनाएको छ ।

त्यस्तै पार्टीको बिधान, नियमावली र घोषणापत्र पनि निवेदनका साथ संलग्न गर्नुपर्ने आयोगको सूचनामा उल्लेख छ । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आयोगको समयसिमा भित्र अर्थात् आगामी भदौ ११ गते भित्र दर्ता भएका दलले मात्र सहभागी हुन पाउनेछन् ।

सत्तारुढ र प्रतिपक्षी दल प्रदेशसभा र संविधानसभाको निर्वाचन एकै चरणमा गर्न लबिङ गरिरहेका बेला आयोगले आफ्नो तयारी अघि बढाएको हो । यसैबीच निर्वाचन आयोगले पर्सीदेखि सबै स्थानीय तहबाट नामावली संकलनको काम गर्ने जनाएको छ ।

साउन १ गतेदेखि जिल्ला सदरमुकामबाट नामावली संकलन सुरु गरेको आयोगले जिल्ला सदरमुकाम सहित स्थानीय तहबाट पनि नामावली संकलन गर्न लागेको हो ।

आयोगले विज्ञप्ती जारी गर्दै १८ बर्ष उमेर पुगेर पनि मतदाता नामावलीमा नाम नभएका मतदातालाई साउन ३२ भित्र नामावली दर्ता गराउन आग्रह गरेको हो ।

त्यस्तै यसअघि भएको नामावलीमा कुनै त्रुटि भए पनि सच्याउन सकिने आयोगले स्पष्ट पारेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ