युवा उद्यमीकाे जीवन यात्रा : भरिया, मजदूर हुँदै करोडौँ लगानीका मालिक बने तुलु

युवा उद्यमीकाे जीवन यात्रा : भरिया, मजदूर हुँदै करोडौँ लगानीका मालिक बने तुलु

  • शनिबार, साउन १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 17.9K
    SHARES

रसुवाको विकट गाउँ यार्सामा जन्मिएका तुलु तामाङ्गले गाउँमै विद्यालय भएपनि कक्षामा बसरे अध्ययन गर्ने अवसर पाएनन् । सामान्य खेतीकिसानी गर्ने बुबाआमाको दुःख देखेर उनी कलिलो उमेरमै पर्यटकको भारी बोक्न थाले । घरमा आम्दानीको श्रोत नभएपछि १४ वर्षको उमेरमा बिदेशि पर्यटकको झोला बोक्ने काम शुरु गरे ।

उनी विगत सम्झदै भन्छन्–‘खेतबारीमा उत्पादन हुने आलु, मकै र कोदोले खान नपुग्ने भएपछि अक्षर चिन्न नपाइ भरिया काम गरियो ।’  पर्यटकको भारी बोकेर लामटाङ, गोसाईकुण्ड, पोखरा, खयर हिमाल, अन्नपूर्ण पदयात्र क्षेत्र सयौँ पटक ओहोर दाहोर गर्दाको अनुभव उनीमा छ । पेट पाल्न गरुङ्गा भारी बोकेर हिउँको बाटोमा चिप्लि खेल्दै हिड्नुपर्ने पेशामा उनी लामो समय टिक्न सकेनन् । दुईवर्ष पर्यटकका भारी बोकेपछि उनी घर फर्किएर काठमाडौँ खाल्डोमा पसे । भारी बोक्दा लगाउने फाटेका चप्पल र एकसरो कपडा लगाएर काठमाडौँ खाण्डो पस्दा समुन्द्रमा हराए जस्तो लाग्यो ।  ‘कामको खोजिमा एक्लै काठमाडौँ गएकाले कति दिन त सडकमै बास भयो ।

उनी भन्छन् ‘अक्षर चिन्ने भनेर काठमाडौ गएको थिए चीज फ्याट्रि खुल्ने हल्ला सुनेपछि त्यसैका पछि लागे ।’ २०५२ सालमा यती डेरी उद्योगमा काम गर्न इलामको पशुपतिनगर हानिएका उनी दूध बोक्ने, दूध तताउने,दाउरा मिलाउने, उद्योग सफा गर्ने काम गर्थे । ‘शुरुमा चीज कस्तो हुन्छ भनेर नजिकैबाट हेर्न मात्र पाइन्थ्यो छनु पाइएन । उनी भन्छन् –‘लेबर काम गरेको दश वर्षपछि मात्रै चीज बनाउने कामको अवसर मिल्यो । ; हामिक परिर्वत हुने र समयसमयमा चीज कारखाना बन्द हुन थालेपछि एक समय उनी बोरोजगार जस्तै भए । २०६६ साल अशोज एक गते यति डेरीमा काम गर्न छोडेका उनले अशोज २३ गतेदेखि आफै चीज कारखाना खोल्न शुरु गरे । ‘शुरुमा कसैले पनि पत्याउँदैनथ्यो ।

उनी भन्छन्–‘किसानले आफ्नो पैशा डुब्ने भन्दै मेरो उद्योगमा दूध बिक्रि गर्न मानेनन् ।’  किसानबाट दूध नपाएपछि स्थानीय सुन्दरपानी दूग्ध उत्पादन सहकारी संस्थाबाट ४० लिटर दूध खरिद गरि लक्की डेरी शुरु गरेको उनी बताउँछन् । ४० लिटर दूधबाट ५० लिटर दूध खरिद गर्ने तागत सजिलै भएन । उनी भन्छन् –‘चीज उत्पादन गरेपनि कहाँ लगेर बिक्रि गर्ने समस्या थियो । आठ दश महिना त बनाएको चीज घरमै थन्क्याएर ऋण खोजेर दूधको पैशा संस्थालाई तिर्नुपर्यो ।’ बजारमा चीजको माग हुन थालेपछि मात्रै किसानले दूध दिन थालेको उनी बताउँछन् । १० केजी चीज बनाउन शुरु गरेपनि त्यसलाई ११ केजी बनाउन एक वर्षनै कुर्नुपर्यो ।

अहिले उनको उद्योगमा दैनिक एक हजार ४ सय लिटर दूध खरिद गरि चीज र ध्यु उत्पादन हुदै आएको छ । साविक पशुपतिगर वडा नम्बर ९ मा रहेको उनको उद्योगमा अहिले गहिरिगाउँ, भाझगाउँ, रुङसुङ्गका किसानले दूध बिक्रि गर्दै आएका छन् ।

उद्योगमा अहिले चारजना स्थानीयले रोजगारी पाएका छन् । चीज उद्योग बाहेक उनले बंगुर पालन र पाई पालन पनि गरेका छन् ।  १९ वटा गाई पालन गर्दै आएका उनीले उन्नत जातका ४० वटा बढी बंगुर पाल्दै आएका हुन् ।

‘गाईको स्हारका लागि घाँस काट्ने मान्छे राखेको छ । उनी भन्छन्–‘बंगुरका आहारका रुपमा चीज बनाउँदा निस्कने पानी प्रयोग हुने भएकाले आफै बंगुर पालन गर्दै आएको छु ।’

– लेखक : सुजन तिम्सिना 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी