नेपाली शिक्षा अधिकारी भारतीय गाडीमा अवैध रकम सहित चितवनबाट पक्राउ, रकम भ्रष्टाचार गरेको हुन सक्ने आशका

नेपाली शिक्षा अधिकारी भारतीय गाडीमा अवैध रकम सहित चितवनबाट पक्राउ, रकम भ्रष्टाचार गरेको हुन सक्ने आशका

  • शुक्रबार, साउन १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.7K
    SHARES

श्रावण १३, २०७४- सर्लाहीका जिल्ला शिक्षा अधिकारी होमनाथ सुवेदी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबास कार्यालयको सूचनाको आधारमा चितवन प्रहरीले शुक्रबार जिल्लाको लोथरबाट नगदसहित शिक्षा अधिकारी सुवेदीलाई पक्राउ गरेको हो । भारतीय गाडीमा चढेर अवैध नगद लिएर जादै गर्दा उनलाई पक्राउ गरिएको हो ।

सर्लाहीबाट भारतीय नम्बर प्लेटको बोलेरो जिपमा चितवनस्थित घर आउँदै गरेका शिक्षा अधिकारी सुवेदीलाई अख्तियारको बर्दिवास कार्यालयले अवैध रकम लिएर जाँदै गरेको सूचना दिएपछि पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपी दीपक थापाले बताए । ‘अख्तियार क्षेत्रीय कार्यालय हेटौंडाका प्रहरी निरीक्षक बिनिमाधव पौडेलसहितको टोलीले पक्राउ गरेको हो,‘एसपी थापाले भने शिक्षा अधिकारी सुवेदीको साथबाट ६ लाख ९५ हजार नगद फेला परेको छ ।’

सुवेदीले आफ्नो तलब भत्ताको रकम भएको दाबी गरेका छन् । चितवन प्रहरीले उनलाई अपरान्ह अख्तियारको बर्दिवास कार्यालय पठाएको छ । एक वर्षदेखि सुवेदी सर्लाहीको शिक्षा अधिकारीको रुपमा कार्यरत छन् । एसपी थापालाई अख्तियारले खबर गरेपछि सुवेदीको गाडीलाई लोथरमा रोकेर सर्च गरेको थियो । उनको साथबाट रकम बरामद भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ