असन्तुष्ट पक्षद्वारा एन्फाको बैठक बोलाउन माग, बिबाद थप चर्कदै

असन्तुष्ट पक्षद्वारा एन्फाको बैठक बोलाउन माग, बिबाद थप चर्कदै

  • शुक्रबार, साउन १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

काठमाडौं १३ साउन ।
अखिल नेपाल फुटबल संघ एन्फामा बिबाद थप चर्कदै गएको छ । एन्फा कार्यसमितिका असन्तुष्ट समुहले कार्यसमिति बैठक तत्काल बोलाउन माग गरेका छन् ।

थ्रिस्टारलाई क्षतिपुर्ति दिने, राष्ट्रिय लिग सञ्चालन, आसन्न महिला साग अण्डर १५ च्याम्पियनसिप लगायतका बिषयमा छलफल गर्न बोलाईएको बैठक अचानक स्थगित गरेपछि थप रुष्ठ बनेका उनीहरुले विवादित बिषयमा तत्काल निर्णय गर्न माग गरेका हुन् । दुई दिन सम्म बैठक बसेपनि सहमती हुन नसक्दा अनिश्चितकालका लागी बैठक स्थगीत गरिएको थियो ।

कार्यसमिति सदस्य पंकज बिक्रम नेङबाङले गहन बिषयमा छलफल चलिरहेका बेला नेतृत्वले बैठक स्थगित गरेर एन्फालाई अनिर्णयको बन्दी बनाएको आरोप लगाए ।

बैठक बोलाउन महासचिवलाई बारम्बार आग्रह गरेपनि बेवास्ता गरेको भन्दै नेम्बाङले अध्यक्ष पनि सम्पर्क्बिहिन भएको दावी गरेका छन् ।

राष्ट्रिय लिग हुन नसकेर उर्जाशील खेलाडी समेत पलायन हुने क्रम बढेको भन्दै नेङवाङले एन्फाको रवैया यस्तै रहे नेपाली फुटबल थप अन्धकारमा फस्ने चेतावनी समेत दिए ।
असन्तुष्ट कार्यसमिति सदस्यहरुको बैठक छिट्टै बसी नेतृत्वलाई थप दबाब दिने तयारी समेत भईरहेको उनको भनाई छ ।

कार्यसमिति बैठकमा अधिकांश सदस्यले थ्रिस्टारले एएफसी कपमा सहभागीता जनाउन नपाउनुमा नेतृत्वको समेत गल्ती भएको भन्दै दोषीलाई कारबाहीको माग गरेपछि बैठक स्थगित गरिएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ