नयाँशक्तिभित्र दुई धार :माओवादीसँग एकता गर्ने र नगर्ने पक्षमा नेताहरु विभाजित

नयाँशक्तिभित्र दुई धार :माओवादीसँग एकता गर्ने र नगर्ने पक्षमा नेताहरु विभाजित

  • शुक्रबार, साउन १३, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काठमाडौ, १३ साउन ।
स्थानीय तह निर्वाचनको समीक्षा तथा पार्टीको भावी रणनिति सम्बन्धमा छलफल गर्न केही दिन यता राजधानीमा जारी नयाँशक्ति पार्टीको संघिय परिषद बैठक आज सकिदैछ ।

यसअघि हिजोसम्म जिल्लागत प्रतिनिधिले बोल्ने क्रम सकिएको छ । प्रतिनिधिले उठाएका प्रश्नको पार्टी संयोजक बाबुराम भट्टराईले आज जवाफ दिने बताइएको छ ।

परिषद बैठकमा बोल्ने अधिकांस प्रतिनिधिले माओवादी केन्द्र लगायतका दलसंग एकता गर्न नहुने धारणा राखेका छन् । तीन दिन यता जारी बैठकले पार्टीको भावी रणनीति तय गर्ने सो पार्टीले जनाएको छ ।

बैठकमा धारणा राख्दै जिल्लाका अगुवा प्रतिनिधिले तत्काल ठुलो पार्टी बनाउन भन्दा पनि संगठन निर्माणमा ध्यान केन्द्रीत गर्न नेतृत्वलाई सुझाव दिएका छन् । ।

माओवादी केन्द्र लगायतका दलसंग सहकार्य गर्नुपर्ने भनी धारणा राख्ने केहि नेताको तीब्र आलोचना गर्दै प्रतिनिधिले खुट्टा कमाउने नेतालाइ पार्टी छाड्न आग्रह समेत गरेका छन् ।

परम्परागत दलसंग एकता गर्न नहुने भन्दै अधिकांश प्रतिनिधिले ५ स को सिद्घान्त र बाबुराम भट्टराईको नेतृत्व मान्ने अबस्थामा मात्र संघीय समाजवादी फोरम लगायतका साना दलसंग एकता अघि बढाउनुपर्ने सुझाव दिएको एक नेताले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ