दुई महिना वित्दा पनि भरतपुर महानगरको मतगणना विवादको टुंगो लाग्न सकेन, अब के हुन्छ ?

दुई महिना वित्दा पनि भरतपुर महानगरको मतगणना विवादको टुंगो लाग्न सकेन, अब के हुन्छ ?

  • बिहिबार, साउन १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

देवकी तिमिल्सिना

काठमाडौँ ,१२ साउन
भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान वा मतगणना भन्ने विवादमा आजपनि सर्वोच्चले अन्तिम फैसला गर्न सकेन ।
जेठ २१ गते दायर भएको रिटमा अन्तरिम आदेश जारी हुने वा नहुने विवाद करिव दुई महिनादेखि सर्वोच्चमा हेर्दाहेदैमा छ ।
आज सरकारी वकिलका तर्फबाट महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठले बहसलाई निरन्तरता दिनुभयो । यस्तै निर्वाचन आयोगका तर्फबाट उपस्थित कानुन व्यवसायीको बहस पनि बाँकी नै छ ।
यसअघि न्यायाधीश चोलेन्द्र शमशेर जवराको एकल इजलासले जेठ २२ गते ६ दिनका लागि पुनः निर्वाचनको निर्णय यथास्थितिमा राखी दुबै पक्षलाई छलफलमा बोलाएको थियो ।
जेठ २८ गतेदेखि दुवै पक्ष अदालतमा उपस्थित भए पनि मुद्दाको किनारा लाग्न सकेको छैन । असार ५ गते संयुक्त इजलासले भरतपुरमा च्यातिएका मतपत्र लगायतका मिसिल सर्वोच्चमा पेस गर्न आदेश दिएको थियो ।
आदेश अनुसार च्यातिएका मतपत्रको पोको सर्वोच्चमा पेस भइसकेको छ । अन्य मिसिल समेत पेस भइसकेको एक महिनाभन्दा बढी भए पनि अदालत अन्तरिम आदेशसम्वन्धी निश्कर्षमा पुग्न सकेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ