काठमाडौं, साउन १२ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी माघ ७ गतेभित्र तीनै तहको निर्वाचन हुनेमो आशंका गरेको छ ।
राजधानीको धुम्बाराही स्थित पार्टी केन्द्रिय कार्यालयमा आज बिहान बसेको एमालेको स्थायी कमिटि बैठकले निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्न ढिलो भएकाले माघ ७ भित्र तीनै तहको निर्वाचन हुनेमा आशंका गरेको हो ।
बैठकले तोकिएको समयमै राजनीतिक हस्तक्षेप, स्वार्थ र दबाबबाट मुक्त रहेर काम निर्वाचन क्षेत्र निर्धारणको काम सम्पन्न गर्न आयोगलाई ध्यानाकर्षण गराउने निर्णय पनि गरेको सचिव प्रदिप ज्ञवालीले जानकारी दिनुभयो ।
यस्तै जिल्ला समन्वय समितिको निर्वाचन अन्तर्गत पर्वतमा मनोहर पौडेल विश्वकर्मालाई प्रमुख तथा यमकुमारी रानालाई उपप्रमुख एवं मुस्ताङमा छिरिङ ल्हामु गुरुङलाई प्रमुख र रिञ्जिन नाम्गेल गुरुङलाई उपप्रमुखको उम्मेदवार बनाउने निर्णय पनि भएको उहाँले जानकारी दिनुभयो ।