‘प्रेमगीत – २’ को च्यारिटी सो सम्पन्न

‘प्रेमगीत – २’ को च्यारिटी सो सम्पन्न

  • बुधबार, साउन ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 13K
    SHARES

पोखरा, ११ साउन । चलचित्रको होडबाजी चलिरहेका अवस्थामा प्रेमगीत – २ ले मंगलबार पोखरा ट्रेड महलस्थित ‘क्युएफएक्स’ चलचित्र घरमा ‘च्यारिटी सो’ सम्पन्न गरेको छ ।

पिछडिएका तथा विपन्न वर्गका विद्यार्थीको सहयोगार्थ युवा सहभागी समाजिक सञ्जाल मेन्स रुम रिलोडेडको संयोजनमा आयोजित उक्त च्यारिटी सोमा चलचित्रका दर्शक, कलाकार, सञ्चारकर्मीसहितको उपस्थिति थियो ।

पुख्र्याैली थलो नेपाल रहेर पनि विभिन्न कारणवस म्यान्मारमा बस्दै आएका सर्वसाधारणमा नेपाल र नेपालीप्रतिको आत्मियतालाई चलचित्रमा देखाइएको छ । एउटा सच्चा प्रेममा माया पाउन निकै संघर्ष गर्नुपर्छ भन्ने सन्देश पनि चलचित्रले दिन खोजेको निर्देशक रामशरण पाठकले बताउनुभयो ।

निर्माता सन्तोष सेनका अनुसार रु दुई करोड लागतमा निर्माण गरिएको प्रेमगीत – २ तयार हुन लगभग डेढ वर्षको समय लागेको हो ।

चलचित्रमा काठमाडौँ, राराताल, म्यानमार, थाइल्याण्ड आदि स्थानका दृश्य समेटिएको छ । प्रेमगीत – १ को सफलताले प्रेमगीत – २ का लागि प्रेरणा दिएको बताउने चलचित्रका नायक प्रदीप खड्का (प्रेम)ले यो चलचित्र अत्याधिक दर्शकले मन पराउने विश्वास व्यक्त गर्नुभयो ।

चलचित्रकी नायिका अश्लेषा ठकुरी(गीतु)ले चलचित्र हेरेपछि नेपाली मूलका म्यान्मारवासीले नेपाललाई गर्ने माया, त्यहाँ रहेका नेपालीप्रतिको धारणा, सच्चा प्रेमका लागि गर्नुपर्ने संघर्षलगायतका विषयलाई दर्शकले अनुभूति गर्ने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी