अन्तत आज मन्त्रिमण्डल विस्तार हुने :१८ जनामा कस्ले कुन मन्त्रालय पाए ?

अन्तत आज मन्त्रिमण्डल विस्तार हुने :१८ जनामा कस्ले कुन मन्त्रालय पाए ?

  • बुधबार, साउन ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाडौं, साउन ११ ।

सत्ता साझेदार दल नेपाली काग्रेस भित्र भागबण्डा मिलेपछि अन्तत आज मन्त्रीपरिषद विस्तार हुने भएको छ ।

आफू नेतृत्वमा सरकार गठन भएको डेढ महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तासाझेदार माओवादी केन्द्र र केहि साना दल समेटेर आज मन्त्रीमण्डल विस्तार गर्न लाग्नुभएको हो ।

नयाँ मन्त्रीलाई आजै राष्ट्रपतिबाट सपथ खुवाउने तयारी भएको छ । काग्रेसबाट १०, माओबादी केन्द्रबाट ६, लोकतान्त्रिक फोरमबाट २ तथा नेकपा संयुक्तबाट एक गरी १९ जना मन्त्रीले आज सपथ लिदैछन् ।

काग्रेसबाट यज्ञवहादुर थापाले कानुन, वीरबहादुर वलायरले भौतिक पुर्वाधार तथा योजना, मोहन बस्नेतले सुचना तथा सञ्चार, सञ्जय गौतमले सिचाई, मीन विश्वकर्माले वाणिज्य र अम्बिका बस्नेतले गरिवि निवारण र सहकारी मन्त्रालय सम्हाल्ने भएका छन् ।

यस्तै, भीमसेनदास प्रधानले रक्षा, रामकृण्ण यादवले कृषि, राजन केसीले युवा तथा खेलकुद र महेन्द्र यादवले खानेपानी तथा सरसफाई मन्त्रालय सम्हाल्ने भएका छन् ।

माओबादी केन्द्रले स्वास्थ्य मन्त्रालयमा गिरिराजमणी पोखरेल र उर्जा मन्त्रालयमा महेन्द्र वहादुर शाहीलाई पठाएको छ ।

अन्य मन्त्री हुनेमा शिवकुमार मण्डल, आशा खनाल, टेक बहादुर बस्नेत र शान्तबहादुर चौधरी छन् । ४ जनाको मन्त्रालय सपथ अघि टुङ्गो लाग्ने प्रवक्ता भुषालले बताउनुभयो ।

माओवादी केन्द्रले आजै जाकिर हुसेन, रामसिंह यादव, र सम्भु श्रेष्ठलाइ राज्यमन्त्रीका रुपमा सिफारिस गरेको छ ।

भागबण्डामा कंग्रेसले १३ र माओबादी केन्द्रले ९ मन्त्रालय लिने सहमति भएको छ । यस्तै लोकतान्त्रिक फोरमले ३ र नेकपा संयुक्तले १ मन्त्रालय पाउने भएका छन ।

सत्ता साझेदार दलबीच भएको सहमति अनुसार माओवादी केन्द्रका अध्यष पुष्पकमल दाहालले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि कंग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गत जेठ २४ गते ८ सदस्यीय मन्त्रिमण्डल गठन भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ