आज एन्फा कार्यसमिति वैठक बस्दै, थ्रिस्टार क्लवलाई क्षतिपुर्तिको विषय मूख्य एजेण्डा

आज एन्फा कार्यसमिति वैठक बस्दै, थ्रिस्टार क्लवलाई क्षतिपुर्तिको विषय मूख्य एजेण्डा

  • बुधबार, साउन ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

काठमाडौं, साउन ११ ।
अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमिति वैठक आज बस्दैछ । आजको बैठकमा तीन महिना पछि हुन लागेको एन्फाको निर्वाचन, ए डिभिजन लिग संचालन लगायतका विषयमा छलफल गर्ने बताईएको छ ।

तर यी विषयमा भन्दापनि आजको वैठकमा ललितपुरको थ्रि स्टार क्लवलाई दिने क्षतीपुर्तीको विषयमा बढी केन्द्रित हुने एन्फाले जनाएको छ ।

एन्फाको गल्तीको कारण एसिया कप फुटबलको दोस्रो चरण खेल्न नपाएपछि थ्रि स्टार क्लव अहिले आन्दोलित छ । थ्रि स्टारलाई डेढ करोड क्षतिपुर्ति दिएर फुटबलमा फर्काउने प्रयास एन्फाले गरेको छ ।

तर आसन्न साधारणसभामा यो विषय उठ्न सक्ने भन्दै सहज निर्णय गर्न भने एन्फा नेतृत्व तयार भएका छैनन् । एउटा पक्षले क्षतिपुर्ति दिने विषयमा निर्णय गरे अर्को पक्षले साधारणसभामा यही विषयलाई चुनावी नारा बनाउने निश्चित प्रायः छ ।

उता थ्रि स्टार क्लव भने आफुलाई क्षत्ीपुर्ति नदिएसम्म कुनैपनि प्रतियोगिता नखेल्ने र आवश्यक परे कानुनी ढोका समेत ढक्ढक्याउने चेतावनी दिईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ